दैलेख पत्रकार महासंघकाे नेतृत्व सर्ब सम्मत, अध्यक्षमा के.सी. चयन ।।

img1

ध्रुवतारा संवादाता, बैशाख ६ दैलेख
नेपाल पत्रकार महासंघ दैलख शाखाको अध्यक्षमा चक्र केसी सर्वसम्मच चयन भएका छन् । शाखाको पाँचौ अधिवशनबाट चक्र केसी लाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो ।
महासंघ दैलेख शाखाका पाँचौ अधिवेशनबाट सम्पूर्ण कार्यसमिति, केन्द्रिय सभाषद र प्रदेश सभाषद सर्वसम्मत चयन गरिएको छ । पत्रकार महासंघको पाचौ अभिवेशनले उपाध्यक्षमा कृष्ण प्रसाद देवकोटा, उपाध्यक्ष (महिला) मा विनु भारती बुढा, सचिवमा नविन कुमार शर्मा, कोषाध्यक्ष प्रेम बहादुर शाही, सह–सचिवमा महेन्द्र सापकोटा, सह–सचिव (समावेशी) प्रकाश वि.क चयन भएका छन् ।Abhay Gautam Dtfm को फोटो।
यस्तै महिला सदस्यमा आशा काफ्ले, दलित सदस्यमा दिल बहादुर वि.क., सदस्यहरुमा हस्तराज अधिकारी, पृथ बयलकोटा, खगेन्द्र वि.क., तिर्थ बहादुर थापा र तिर्थ बहादुर भण्डारी रहेका छन् ।
अधिवेशनले केन्द्रिय सभाषद (पार्षद) मा पुष्कर थापा (पुरुषोतम), नमन कुमार शाही, विष्णु शर्मा, यज्ञराज थापा, प्रकाश अधिकारी, भुपेन्द्र शाही, गोविन्देव भारती, गोविन्द केसी, सुर्य वि.क. र नविन रिजाललाई चयन गरेको छ ।
यस्तै प्रदेश सभाषद (पार्षद) मा कमल प्रसाद शर्मा, कविराज विसी, याम प्रसाद शर्मा, भरतराज अधिकारी, खेमराज थापा, यामराज कटुवाल, सुवर्ण शाही, अविशेक गुरुङ्ग, महेन्द्र विक्रम खड्का, प्रकाश कुमार आचार्य, गजेन्द्र बहादुर शाही, अंगत बहादुर शाही र धर्म विष्टलाई चयन गरिएको छ । अध्यक्ष पदमा चयन भइसकेपछि छोटो प्रतिक्रिया दिदै नवनिर्वाचित अध्यक्ष केसीले श्रमजिवी पत्रकारहरुको अधिकार स्थापति नभए संचार क्षेत्रको विकास सम्भव नभएको बताउदै आफ्नो कार्यकालमा श्रमजिवी पत्रकारहरुको अधिकार स्थापीत गर्ने पहिलो उद्धेश्य रहेको बताए । एउटा पत्रकारका लागि पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको अध्यक्षको जिम्मेवारी लिन पाउनु खुसीको कुरा हो । यसमा चुनौती र अवसर दुवै छन् उनले भने पत्रकार महासंघको नयाँ नेतृत्वको पहिलो र सबैभन्दा महत्वपूर्ण प्राथमिकता भनेकै श्रमजिवी पत्रकारहरुका हकहितमा काम गर्नु रहेको बताए ।
उनले जिल्लामा क्रियाशिल रहेका सम्पूर्ण पत्रकारहरुलाई एक मत बनाएर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा पत्रकारिता पेशालाई मर्यादित र व्यवसायीक बनाउदै लैजाने बताएका छन् ।