चट्याङ लागेर तिन जना घाईते ।।

img1

ध्रुवतारा संवादाता,बैशाख ८ दैलेख
दैलेखको आठविस नगरपालिका ३ सिगौडीमा चट्याङ लागेर तिन जना घाईते भएका छन् भने एउटा भैसी मरेको छ । बुधवार साँझ ५ बजे तिर परेको चट्याङ लागेर आठविस नगरपालिका ३ सिगौडीका दिपा शाही, नरबहादुर शाही र कृप शाही शक्त घाईते भएको सिगौडीका शिक्षक पुर्ण शाही जानकारी दिनुभयो । घाईते तिनै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको शाहीले बताउनुभयो ।