दैलेख कारागारमा झडप, नाै जना घाईते ।।

img1

भिम सिजापति, ध्रुवतारा एफ.एम. दैलेख
जिल्ला कारागारका कैदीबन्दीबीच झडप हुँदा नौ जना घाईते भएका छन् । आज विहान खाना खाने समयमा पानीको विषयमा झडप हुँदा सात जना घाइते भएका हुन् । खानेपानीको विषयलाई लिएर कारागारमा रहेका नारायण शाही र उपेन्द्र पुनबीच भएको भनाभन पछि दुई समूहबीच झडप भएको हो । घाइते मध्ये शाहीको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भैरहेको छ । शाहीको छातीको करङ र अनुहारमा चोट लागेको छ । पुनको टाउकोमा आठ ओटा टाका लागेको  जिल्ला अस्पताल दैलेखले जानकारी दिएको छ । सात जना भने सामान्य घाइते भएको प्रहरी निरीक्षक योगेन्द्र खड्काले जानकारी दिनुभयो । दैलेख कारागार ८० जना पुरुष र २० जना महिला राख्ने क्षमता भएको भए पनि १ सय ५३ जना राखिएको छ । क्षमता भन्दा बढी कैदीबन्दी राखिंदा कारागारमा पटकपटक विवाद र झडप हुने गरेको छ ।