दैलेखका विभिन्न ठाउँ गाउँ बाल सञ्जाल गठन, बालबालिका लक्षित बजेट बालबालिकाकै हितमा खर्च गरिने ।।

img1

भिम सिजापति, बैशाख ९ दैलेख
चामुण्डा विन्द्रासैनी नगरपालिकाका कार्यकारी अधिकृत हरिबहादुर खत्रीले नगरपालिकाले बालबालिका लक्षित बजेट बालबालिकाकै हित र कल्याणमा खर्च गरिने बताउनु भएको छ । चामुण्डा विन्द्रासैनी नगरपालिकामा भएको नगरपालिका स्तरिय बाल सञ्जाल भेलामा कार्यकारी अधिकृत खत्रीले बालबालिका लक्षित कार्यक्रम बालबालिकालाई नै देखीने गरि खर्च गरिने बताउनु भएको हो । उहाँले बालबालिकालाई शोषण, दमन अत्याचार विरुद्ध बाल क्लव सक्रिय भएर लाग्नु पर्ने बताउनुभयो । बाल श्रमीक  र राजनितिक दलले बालबालिकालाई प्रयोग गर्नका लागि क्लवले अभियान चलाउनु पर्ने बताउनुभयो । 
त्यस्तै चामुण्डा विन्द्रासैनी नगरपालिकाको आयोजनामा बाल सञ्जाल गठन भएको छ । चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगर बाल सञ्जालको अध्यक्षमा सुरेन्द्र देवकोटाको अध्यक्षतामा १३ सदस्यीय गाउँ बाल सञ्जाल गठन गरिउको हो । कार्यक्रममा ६० जना बालबालिकाको सहभागीता रहेको थियो ।
यस्तै महाँबु गाउँपालिका पनि गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ । गाउँपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद पोखरेलको अध्यक्षतामा सञ्चालन भएको भेलामा विपना रानाको अध्यक्षतामा १२ सदस्यीय गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरिएको हो । भेलामा विभिन्न राजनितिक दलका प्रतिनिधी, स्वास्थ्य संस्थाका प्रतिनिधी, ईलाका प्रहरी कार्यालय गैडावाजका प्रतिनिधी, वडा सचिवहरु, शिक्षक बालबालिका गरी ४३ जनाको सहभागीता रहेको थियो । बालबालिकाहरुको सवालमा बालबालिकाले नै आवाज उठाउने बातावरण श्रृजना गर्नको लागी बालभेला गरीएको जनाईएको छ । जिल्ला स्तरीय बाल भेलामा सहभागी हुनको लागी २ बालक र २ बालिका छनौट गरिएको छ । यस्तै महाँबु गाउँपालिका कार्यकारी अधिकृत माधवप्रसाद पोखरेलको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ । भेला महाँबु गाउँपालिकाको आयोजना तथा भेलाको सहजीकरण सोसेक नेपाल दैलेखका महिला युवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रमका कार्यक्रम संयोजक दुर्गा गिरीले गर्नुभएको महिला युवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रमका सामाजिक परिचालक दुर्गा खत्रीले खबर पठाएकी छन् ।