कालिकामा एमालेको कार्यकर्ता भेला सम्मपन्न ।।

ध्रुवतारा संवादता, बैशाख ९ दैलेख
स्थानीय निकायको चुनाव नजिकिदै गर्दा नेकपा एमालेले नौमूले गाउँपालिका ४ कालिका कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेकपा एमाले प्रदेश नं. ६ का प्रदेश सदस्य मयाराम अधिकारीको प्रमुख आतिथ्यतामा कालिकामा कार्यकर्ता भेला गरेको नेकपा एमालेले जनाएको छ । भेलाका प्रमुख अतिथी मयाराम अधिकारीले अहिलेको जनलहर नेकपा एमालेको पक्षमा रहेको बताउनुभयो । कार्यकर्ता भेलालाई सम्वोधन गर्दै विशेष अतिथी नेकपा एमाले दैलेख जिल्ला सल्लाहकार परिषद् सदस्य लिलबहादुर राम्जालीले जनताहरु एमालेको पक्षमा रहेको बताउँदै नौमूले गाउँपालिकामा नेकपा एमालेले जित्ने दावी गर्नुभयो । नेकपा एमाले नौमूले इलाकाका पूर्व अध्यक्ष शशिराम विकले नेकपा एमालेको नीति र विचार राम्रो भएकाले पछिल्ले समय एमालेमा प्रवेश गर्नेहरुको लहर जागेको वताउनुभयो । साथै नेपाली काँग्रेस कालिका गाउँ कार्य समितिका पूर्व सभापति लछिराम दर्लामी लगाएतका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।