विकासका लागी रेडियो बहस सम्पन्न ।।

ध्रुवतारा संवादाता, बैशाख ११ दैलेख
दैलेख सदरमुकाममा विकासका लागी रेडियो बहस सम्पन्न भएको छ । एण्टेना फाउण्डेशन नेपालको प्राविधिक सहयोग तथा यूकेएड र ¥याप थ्रिको आर्थिक सहयोगमा रेडियो धु्रवतारा सामुदायिक एफ.एम. ८९.८ मेगाहर्ज दैलेखको आयोजनामा विकासका लागी रेडियो बहस सम्पन्न भएको हो । दैलेखको देवकोटा चौकमा भएको बहसमा १०० जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो भने १५ जना भन्दा बढि व्यक्तिले गुनासा तथा प्रश्न गरेका थिए । जिल्लाका विषयगत कार्यालयहरुका विषयमा गुनासा तथा सुझाव राखिएको थियो । जिल्ला समन्वय समिति दैलेख, खानेपानी, सिंचाई, विद्युत कार्यालयका विषयमा सहभागीहरुले बढि गुनासो गरेका थिए । कार्यक्रममा जिल्ला विद्युत प्राधिकरण कार्यालयका प्रमुखले लाँकुरीमा गाविसमा विजुलीका पोल गाडिएको ९÷१० बर्ष पुगे पनि बत्ति नवलेको भन्दै गरेको गुनासोको जवाफ दिदै आजै ट्रान्सफरमर जडानका लागी पठाउने भन्दै प्रतिवद्धता जनाउनु भएको थियो । सोही प्रतिवद्धता बमोजिम आज लाँकुरीमा ट्रान्सफरमर जडान गरिएको र लाँकुरीमा बत्ती बलेको जनाईएको छ ।