रेडियो धु्रवतारा सामुदायिक एफ.एम.को प्रसारण आज केहि समयका लागी अबरुद्ध ।।

ध्रुवतारा संवादाता, बैशाख ११ दैलेख
रेडियो धु्रवतारा सामुदायिक एफ.एम.को प्रसारण आज केहि समयका लागी अबरुद्ध भएको छ । आज विहान रेडियोमा जडित यूपिएस तथा स्टेप्लाईजरमा एक्कासी आगो लागेपछि केहि समयका लागी प्रसारण अबरुद्ध भएको हो । रेडियोमा अत्याधिक विद्युत खपत हुने भएकाले विद्युत सप्लाईमा केहि दिन देखी समस्या भैरहेको थियो । केहि दिन देखी विद्युतको भोल्टेज हाई लो हुने भैरहेको र आज विहान एक्कासी आगलागी भएको रेडियोका प्राविधिकहरुले जनाएका छन् । आगलागीबाट रेडियोमा जडित यूपिएस तथा स्टेप्लाईजर पुर्ण रुपमा जलेको छ । आगलागी बाट रेडियोको ४ लाख बरावरको क्षति भएको स्टेशन म्यानेजर चक्र के.सी.ले बताउनु भयो ।