रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिमको तयारी पुरा ।।

img1

ध्रुवतारा संवादात, बैशाख १७ दैलेख
रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिमको तयारी पुरा भएको छ । भोलि देखी सञ्चालन हुने पाँच दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिमको तयारी पुरा भएको रेडियो धु्रवतारा सामुदायिक एफ.एम. ८९.८ मेगाहर्ज दैलेखका स्टेशन म्यानेजर चक्र के.सी.ले जानकारी दिनुभयो । भोलि देखी सञ्चालन हुन लागेको बोल्ने कला र लेखन शैलीमा आधारीत पाँच दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम यहि बैशाख २२ गते सम्म सञ्चालन हुने छ । तालिममा उत्कृष्ट १५ जनाले प्रत्यक्षरुपमा रेडियोमा काम गर्ने अवसर प्राप्त गर्ने भएका छन् । १५ जना मध्ये २ जना महिला र २ जना पुरुषले रेडियोको स्टुडियो मै बसेर तथा बाँकी ११ जनाले दैलेख जिल्लाका ११ वटा गाउँ तथा नगरपालिकामा रेडियोको प्रत्यक्ष सम्पर्कमा रही काम गर्ने अबसर प्राप्त गर्ने भएका हुन् । तालिममा सहभागी हुनका लागी सहभागीले फर्म शुल्क वापत रु ५ सय र तालिम शुल्क वापत रु ४ हजार ५ सय तिर्नु पर्नेछ ।