२ सय ५४ स्थानीय तहको नतिजा सार्वजनिक ।।

img1

ध्रुवतारा संवादाता, बैशाख ६ दैलेख
वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको गणना झण्डै पाँच दिन अघिदेखि जारी रहेको छ । ३४ जिल्लाको २८३ स्थानीय तह मध्ये अहिलेसम्म २ सय ५४ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । प्राप्त परिणामअनुसार एमालेले सबैभन्दा बढी १०५ स्थानीय तहमा जित हात पारेको छ भने १३ स्थानमा अगाडि छ ।
यस्तै, नेपाली काँग्रेस अहिलेसम्म ९७ स्थानमा विजयी भएको छ भने ९ स्थानमा अग्रता कायम राखेको छ । नेकपा माओवादी केन्द्रले हालसम्म ४५ स्थानमा प्रमुखसहित विजयी हासिल गरेको छ भने २ स्थानमा अग्रता कायम राखेको छ । अन्य ४ स्थानमा राप्रपा, नेमकिपा र नयाँ शक्तिले तथा तीन स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।