बंदेलको विगविगी ।।

ध्रुवतारा संवादाता, साउन १५ दैलेख
जंगली जनावर बधेलले किसानको खेतीबाली संगै अन्य बिबीध क्षती गर्न थाले पछि दैलेखका बिभीन्न क्षेत्रका किसानहरुले हैरानी खेप्नुपर्ने बाध्यता भएको छ । जिल्लाका रावतकोट, गमौडी, कुईकाना लगाएतका बिभीन्न स्थानहरुमा बदेलले क्षती गर्न थालेको किसानहरुले गुनासो गर्न थालेका छन । साबिकको रावतकोट गाबिस जेमीडोका, भण्डारीगाउ लगाएतका क्षेत्रमा पनि केहीदिन यता बदेलले सताउने गरेको छ । रातीको समयमा बधेललको बगाल नै आउने र फल लागीसकेको मकैका कोसाहरु च्यात्ने, कोपर्ने, बोटहरु ढलाउने गर्ने गरेको रावतकोटका स्थानिय कमल थापाले बताउनुभएको छ । उहाका अनुसार केहीदिनयता ८, ९ वटाको सङ्ख्यामा बेधेलको समुह आउने र खेतीबाली नष्ट गर्नुका साथै घर गोठको वरीपरी खन्ने र गोठमा बाधीएका बस्तुभाउलाई समेत तर्साउने गर्न थालेपछि थप समस्या सिर्जना भएको छ ।