दाउरा बेचेर घरखर्च जुटाउदै नारायण नगरपालीका सोतकी रम्बा सार्की

img1

खगेन्द्र राना मगर
दैलेख श्रावण १६
नारायण नगरपालीका ४ सोतकी रम्बा सार्की बिहान ५ बजे नै उठेर दैलेखमा बजारमा दाउरा बेच्न हिड्छिन । आफ्नो दैनीक घरखर्च जुटाउनका लागी जंगलमा दाउरा खोजेर बजारमा बेच्न आउने गरेको रम्बाले बताईन । घर खर्च जुटाउनका लागी अघिल्लै दिन दाउरा खोजेर राख्ने र भोलीपल्लट बिहानै उठेर दाउराको भारी बोकर बजारतिर बेच्न झण्डै ढाई तिन घण्टाको बाटो हिडेर आउने गरेको उनले बताईन । रम्बकला अहिले ४० बर्षकी भईन, उनिसंगै बजारमा दाउरा बेच्न उनकी १० बर्षीया छोरी दानकला सार्की पनि साथमा आउने गर्छीन । गरिबीको कारण पेट पाल्नै समस्या हुने भएको कारणले पनि छोराछारीलाई स्कुल पढाउने समयमा आफुसंगसंगै भारी बोकेर दाउरा बेच्न साथमा ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाई छ । रम्बकलाका २ छोरा र २ छोरी छन जसमध्ये एउटा छोरीको भने बिबाहा भैसकेको छ । उनका श्रीमान अहिले कमाईकाजकै शिलशिलामा भारतमा गएका छन । खेत छैन पाखोबारी मात्रै अलीअली छ त्यहाबाट उब्जनीभएको खेतीपातीले खान लाउन पुग्दैन रम्बलाले भनीन, श्रीमान कहिले पैसा कमाउन भारत जानुहुन्छ कहिले घरमै काम गर्नुहुन्छ उहाले कमाएको पैसाले मात्रै घरखर्च चलाउन मुस्कील पर्छ  ।हप्तामा ३÷४ दिन दाउरा बेच्न आउने र दाउरा बेचेको पैसाले घरका लागी आवस्यक समानहरु नुन, तेल, चामल लगाएतका खाद्यपदार्थहरु किनेर लई घर खर्च चलाउदै आईरहेको उनको भनाई छ ।
त्यसोत रम्बकला जस्तै त्यस क्षेत्रका अन्य थुप्रै बालबालीका देखी युवायुवतीहरु हुदै बृद्धबृद्धासम्म दैलेख बजारमा दाउरा बेच्न आउने गर्दछन । दैलेखको सोत, भैसेखोर, कालीमाटी हुदै भवानी सम्मका मान्छेहरु दैनीकजसो बजारमा दाउरा बेच्न आउने गरेको काडाचौरका स्थानीय बासिन्दा पदम थापा मगरले बताए । यसरी दाउरा बेच्न आउनेहरुमा प्रायजसो महिलाहरु नै बढी देखीन्छन  । बर्षायामको समयमा हिलाम्य बनेको बाटोघाटो त्यसमै दाउराको भारीसंग हिड्दा झण्डै तिन घण्टा बढी समय हिडेर बजारमा दाउरा बेच्न ल्याउने तर आफुले भनेजस्तो भाउ पाउन भने निक्कै मुस्किल हुने गरेको दाउरा बेच्न आउने महिलाहरुले दुखेसो पोखेका छन  ।