मध्यपश्चिम सुपरस्टार अन्र्तरगत पहिलो अडिसन सूरु ।

img1

ध्रुबतारा संवाददाता
दैलेख साउन १६
एस.एस ब्राईट फ्युचर प्रोडक्सन एण्ड म्युजिक प्रालीको मध्यपश्चिम सुपरस्टार कार्यक्रम अन्र्तरगत पहिलो चरणको अडिसन दैलेखमा आजदेखी सूरु भएको छ । गाएन तथा नृत्य क्षेत्रमा रुची राख्ने तर अवसरको खोजमिा रहेका स्थानीय प्रतिभाशाली व्यक्तित्वहरुको प्रतिभालाई उजागर गर्ने उद्येश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । मध्यपश्चिमका सबैजसो जिल्लाहरुमा सन्चालन गर्ने मध्यपश्चिम सुपरस्टार कार्यक्रम अन्र्तरगत सुर्खेत, हुम्ला, कालीकोट लगाएतका जिल्लाहरुमा भने पहीलो चरणको अडिसन यस अघी नै गरिसकिएको र बाकी जिल्लाहरुमा यसपछि अडिसन गरिने  आयोजकले जनाएको छ । सबैगरी चार चरणमा हुने प्रतिस्पर्धामा पहिलो अडीसनका कार्यक्रमहरु अहिले मध्यपश्चिमका बिभीन्न जिल्लाहरुमा सन्चालन भैरहेका छन । मध्यपश्चिम सुपरस्टार कार्यक्रम अन्र्तरगत पहिलो, दोश्रो, तेश्रो हुदै चौथो अडिसनसम्म चल्ने बताईएको छ । प्रतिस्पर्धामा फाईनल अडिसनबाट प्रत्येक जिल्ला बाट ३ जना छनौट गरिने र अन्तीर चरणको कार्यक्रम सुर्खेतमा हुने आयोजक एस.एस ब्राईट फ्युचर प्रोडक्सन एण्ड म्युजिक प्रालीले जनाएको छ ।  त्यस्तै फाईनल अडिसिनबाट पनि केही प्रतिस्पर्धीहरुलाई छनौट गरि ३ महिने आधारभुत तालीम प्रदान गरीने पनि आयोजकले जनाएको छ ।  प्रतिस्पर्धामा सहभागीता जनाई उत्कृष्टमा छनौट भएका प्रतिस्पर्धीहरुलाई गाएन तथा नृत्य क्षेत्रमा बिभीन्न अवसरहरु पनि प्रदान गरिने आयोजक एस.एस ब्राईट फ्युचर प्रोडक्सन एण्ड म्युजिक प्रालीले जनाएको छ ।