दैलेखका स्थानीय तहहरुमा घुम्ती सेवामार्फत नागरिकता बितरण गरिने ।

खगेन्द्र राना मगर
दैलेख, श्रावण १७ ।
आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशाशन कार्यालय दैलेखले जिल्लाका १६ बर्ष उमेर पुरा गरेका नागरिकहरुलाई घुम्ती सेवा सन्चालन गरी नागरिकताको प्रमाणपत्र बितरण गर्ने भएको छ । मतदाता नामावली संकलन कार्यमा सहभागी गराउने मुख्य उद्येश्यले जिल्लाका सबैजसो स्थानिय तहहरुमा घुम्ती सेवा सन्चालन गरि नागरिकता बितरण गर्न लागीएको जिल्ला प्रशाशन कार्यालय दैलेखले जनाएको छ । घुम्ती सेवा अन्र्तरगत गुरास गाउपालीकामा यही साउन १९ गते, डुङगेस्वर गाउपालीकामा साउन २० गते, भगवतीमाई गाउपालीकामा साउन २३ गते, नौमुले गाउपालीकामा साउन २५ गते, र महाबु गाउपालीकामा साउन २७ गते घुम्ती सेवा सन्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
यस्तै भैरबी गाउपालीकामा साउन १९ गते, ठाटीकाध गाउपालीकामा साउन २४ गते, चामुण्डा बिन्द्रासैनि नगरपालीकामा साउन २७ गते र आठबिस नगरपालीकामा साउन २९ गते घुम्ती सेवा सन्चालन गरिने प्रशासनले जनाएको छ ।  यसैबिच नारायण नगरपालीकामा जिल्ला प्रशासन कार्यालय र दुल्लु नगरपालीकामा ईलाका प्रशासन कार्यालयमा नै सार्वजनिक बिदाको दिन बाहेक अरु सबैदिनमा नागरिकता बितरण कार्य भैरहने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । दैलेख जिल्लाका बिभीन्न स्थानहरुमा सन्चालन गरीने घुम्ती सेवाबाट १६ बर्ष पुरा गरेका सम्पुर्ण नागरीकहरुले नागरिताको प्रमाणपत्र लिन सकिने र उक्त सेवा लिनका लागी सबैलाई जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह पनि गरेको छ ।