सैनिकको कुटाईवाट वृद्ध घाईते, अनुहारभरी चोट र तिन दाँत पनि झरे ।।

ध्रुवतारा संवादाता, साउन १७ ठाँटिकाँध, दैलेख
ठाँटिकाध गाउपालिका ४ का एक वृद्ध माथि निर्मम कुटपिट भएको छ । गएको १६ गते राति १२ वजे आफ्नै घरमा सुतिरहेका वृद्ध मनरुप कठायत माथि कुटपिट भएको हो । ठाँटिकाध गाउपालिका ४ वाँचपानीमा रहेको मंगल आधारभुत विद्यालयका प्रअ खगेन्द्र वहादुर शाही र नेपाली सेना सर्लाहिमा कार्यरत रमेश शाहीले राति संगै वसी मदिरा सेवन गरेको र दुई भाई विच झगडा पर्दा प्रअ शाहीले कठायत सुतेको ठाउँमा गई मामा मेरो ज्यान वचाई दिनु प¥यो भन्दै आग्रह गरेका थिए । कठायतले यो मध्य रातिको समयमा म जान्न मलाई पनि पिट्छ भन्दा जवरजस्ती उठाएर लगेको र आफु भागेको पिडित वृद्ध कठायतले वताउनुभयो । पिडित कठायतले मास्टर भागी गए मलाई एक्लै भेटाएर रमेशले कुट्यो भन्नुभयो । सैनिक शाहीको कुटपिट वाट कठायतको ३ वटा दाँत समेत झरेको र अनुहार भरी चोट पनि लागेको स्थानीय वासिन्दा कठायतका नातेदार पंकज कठायतले बताउनुभयो । कुटपिट सम्वन्धी प्रहरी चौकि ठाँटिकाँधमा निवेदन पनि पेश गरिएको र प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचार भैरहेको पंकज कठायतले बताउनुभयो ।