भारतको जयपुरवाट उद्धार गरेका बालक परिवारको जिम्मा ।।

ध्रुवतारा संवादाता, साउन १९ दैलेख
भारतवाट उद्धार गरि ल्याएका वालकलाई परिवारको जिम्मा लगाईएको छ । भारतको जयपुरबाट साउन ६ गते उद्धार गरेर ल्याइएका बालकलार्ई १० दिनपछि परिवारको जिम्मा लगाईएको हो । कालिकोट जिल्लाको पलाता गाउँपालिका (साविकको थिर्पु गाविस ७)  घर भएका सुवास विष्टलाई जिल्ला प्रशासन कार्यालय कालिकोटको रोहोवरमा अभिभावकको जिम्मा लगाईएको छ । जिल्लामा रहेका बालबालिका सम्बन्धी काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था, जिल्लामा रहेका संचारकर्मिहरुको उपस्थितिमा विष्टलाई  पारिवारीक पुर्नर मिलन गराईएको हो । सुवासका कान्छा बाबु नाता पर्ने भरतराज विष्टले नीजलाई सरोकारवाला निकायको रोहवरमा बुझेका हुन् । कार्यक्रमा जिल्ला बालकल्यण समिति कालिकोटका कार्यवाहक अध्यक्ष लालबहादुर मल्लको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीको प्रमुख आथित्थ्य र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सचिव नैन बहादुर शाहीको उपस्थितिमा जिल्ला प्रशासन कार्याललय कालिकोटमा कार्यक्रम संचालन गरिएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले बालकलाई उद्धार गरी आफ्न्तलाई हस्तान्तर गर्नु भनेको नितान्त मानविय धर्म भएको बताएका थिए । नेपालका बाहिर गएका हाम्रा आफ्न्तहरुबाट विलासिताका कुराहरु सुनि बालबालिका बहकीने र विदेशीने प्रचलनले हामीकहाँ ठूलो जगन्य रुपमा लिएको छ, यसमा अभिभावक सम्बन्धीत निकायहरुको ध्यानाकर्षन हुन सकेको छैन् । यसमा हामी सरकारी निकाय गैरसरकारी निकाय, नीजि क्षेत्रको ध्यान गई रहको छैन बालबालिका महिलालाई कहि यातायातमा होस वा बाटोमा होस हिडिरहेको छ भने त्यसलाई सोधि खोजि गर्नु पर्ने बताए ।  कार्यक्रममा बोल्दै नेपाल पत्रकार महसंघ शाखा कालिकाकोटका अध्यक्ष तुलाराम पाण्डे बालकको उद्धार पछि उनीहरुको शिक्षालाई निरन्तरता दिनको लागि सरकारवाला निकायले सोच्नु पर्ने बताए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यसमिति दैलेखका सचिव नैन शाहीले जोखिमा परेका बालबालिका, महिलाहरुलाई उद्धार गर्नको लािग बालअधिकारसँग सम्बन्धी रहेर काम गर्ने निकायहरुको एक अर्कामा सहकार्य हुनु पर्ने बताएका थिए । उनले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बालबालिका तथा महिलाको लागि अगुवा गैरसहकारी संस्थाको रुपमा काम गरेको बताउँदै विगतमा पनि भारतको विभिन्न स्थानमा अपपत्र अवस्थामा रहेका ३ जना बालको उद्धार गरेको बताएका थिए । सुवास विष्टलाई बाटो खर्चवापत जिल्ला बालकल्यण समिति कालिकोटले रु. २ हजार, सोसेक दैलेखबाट स्टेशनरीका सामाग्रीहरु र किडाक कालिकोबाट विद्यायालय पोशाक, अन्य सामाग्रीको रु. ३ हजार दिने प्रतिवद्धता जनाएका थिए ।