गाउ तथा नगरपालीकालाई कुषोषण मुक्त गर्ने प्रतिबद्धता ।।

img1

ध्रुवतारा संवादता, साउन २० दैलेख
दैलेखका सबै वालबालीकालाई अनिवार्य बिद्यालय जाने वातावरण सिर्जना गरि गुणस्तरीय शिक्षाको व्यवस्था गर्न बिशेष पहल थालीने भएको छ । दैलेखका स्थानीय तहका वालवालिकालाई विद्यालयजाने वातावरण सिर्जना गर्नका लागी सरोकारवालाहरुले प्रतिवद्धता जोहेर समेत गरेका छन् । दैलेखका बिभीन्न नगरपालीका तथा गाउँपालीकाहरुमा आयोजीत ‘‘संघीय प्रणालीमा बहुउद्देश्यीय पोषण परियोजना कार्यान्वयन बिषयक अभिमुखीकरण गोष्टी” कार्यक्रमबाट यस्तो पहल थालीने प्रतिबद्धता जाहेर गरिएको हो ।  कार्यक्रमबाट निःशुल्क तथा गुणस्तरीय उपचारका लागी नगरपालीका तथा गाउपालीकका प्रत्येक वडामा स्वास्थ्य चौकी र नगरमा २५ सैया तथा गाउपालीकामा १५ सैयाकोे प्रशुती सेवा सहितको अस्पताल निर्माण, गर्भवती तथा सुत्केरी आमालाई पोषण भत्ता प्रदान गर्ने प्रतिबद्धता जनाईएको छ ।  यस्तै नगर तथा गाउपालीका भित्र स्वच्छ खानेपानीको व्यवस्था सुनीश्चीत गर्ने, ज्ञान, सिप र साझा बुझाईलाई व्यवहारमा लागु गर्न सदैब तत्पर रहने, बिभीन्न तहमा भएका प्रतिबद्धता कार्ययोजना र समन्वय संयत्र सहित कार्यान्वयनको सुनिश्चीतताका लागी सहयोगी निकायबाट प्राप्त सहयोगलाई समेत मुल प्रबाहीकरण गर्दै प्रभाबकारी अगुगमन गर्न अगाडी बढ्ने प्रतीबद्धता जनाईएको छ । सबै स्थानीय तहमा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरि त्यसको प्रभाबकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शीताको सुनिश्चीतता गर्ने, योजना संचालन गर्न संघीय प्रदेश स्थानीय तह लगाएत बिकास साझेदार एवम सरोकारवाला निकायसंग समन्वय गर्ने, तथा स्वच्छ सफा र पुर्ण पोषण युक्त गाउ वडा अभियान सन्चालन गर्दै आगामी ५ बर्ष भित्र नारायण नगरपालीकालाई कुपोषण मुक्त गर्ने प्रतिबद्धता समेत गरिएको छ । अभिमुखीकरण गोष्टी कार्यक्रम अनर्तरगत नारायण नगरपालीका, चामुण्डा बिन्द्रासैनी नगरपालीका र माहाबु गाउँपालीकामा यस अघि नै अभिमुखीकरण गोष्टी सम्पन्न भैसकेको छ ।  
यसैबिच निकट भविष्यमा भगवतमिाई लगाएत अन्य गाउँपालिकामा संघीय प्रणालीमा बहुउद्देश्यीय पोषण परियोजना कार्यान्वयन बिषयक अभिमुखीकरण गोष्टी सञ्चालन हुने जनाईएको छ । गोष्टीमा गाउँपालीकामा बालबालीकालाई अनिवार्य बिद्यालय जाने वातावण सिर्जना गर्न गुणस्तरीय शिक्षाको व्यवस्था, निःशुलक तथा गुणस्तरीय उपचारका लागी सबै वडामा स्वास्थ्य चौकी स्थापना लगाएतका बिषयमा विभिन्न चरणमा छलफल भैरहेको छ । गाउँपालीका स्तरमा सुरक्षीत सुत्केरीका लागी प्रशुती सेवा, सुत्केरी भत्ता प्रदान, छाउपडि प्रथा उन्मुलन, बालबिवाह मुक्त गाउँपालीका लगाएत अन्य बिबीध बिषयहरुमा गाउँपालीकाका नवनिर्बाचित जनप्रतिनीधीहरु र नागरीकहरुबिच  छलफल गरि कार्यान्वयनका लागी प्रतिबद्धता जनाईने बहुक्षेत्रीय पोषण परियोजनाका जिल्ला संयोजक पबित्रा सापकोटाले जानकारी दिएकी छन् । गाउँ तथा नगरपालिकामा सञ्चालन भएको गोष्ठिमा रेडियो धु्रवतारा सामुदायिक एफ. एम. दैलेखले प्रसारण गरिरहेको रेडियो कार्यक्रम हाम्रो कृषि हाम्रो पोषण तथा कृषि सरोकार र पोषण सँग सम्वन्धीत जनचेतनामुलक रेडियो जिंगलले पनि पोषण स्थीतिमा सुधार आएको वताएका छन् । यस अघि धु्रवतारा एफ.एम.ले उत्पादन गरीरहेको रेडियो कार्यक्रम हाम्रो पोषणले प्रदेश नं. ६ र ७ का विभन्न आठ जिल्लामा प्रसारण पनि गर्दै आईरहेको छ ।