युवा दिवस २०७४ दैलेखमा पनि मनाईने ।।

ध्रुवतारा संवादाता, साउन २० दैलेख
युवा दिवस २०७४ दैलेखमा पनि बिबीध कार्यक्रम गरि मनाईने भएको छ । सदरमुकाममा आज आयोजित जिल्ला युवा समिती दैलेखको युवा दिवस २०७४ को प्रभाबकारी सन्चालनको तयारी बिशेष एक  छलफल कार्यक्रमबाट दिवसको अवसरमा बिभीन्न कार्यक्रम गर्ने निर्णय गरिएको हो । छलफलबाट यही साउन २८ गते युवा दिवसको दिन दैलेखमा र्याली तथा झाकीसहीत बिभीन्न कार्यक्रम गर्दै युवा दिवस मनाईने जिल्ला युवा समिती दैलेखका अध्यक्ष चन्द्र प्रसाद दाहालले जानकारी दिनुभयो । उहाका अनुसार दिवसकै अवसरमा दैलेखका उत्कृष्ट ५ युवा उद्यमीहरु छनौट गरि पुरस्कृत तथा सम्मान गर्ने, समसामायीक बिषयमा बक्तृत्वकला प्रतीयोगिता गर्ने लगाएतका कार्यक्रमहरु गर्ने बताईएको छ ।  छलफल कार्यक्रममा जिल्ला स्थीत बिभीन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनीधि, युवा क्लबका प्रतिनीधि, सन्चारकर्मी लगाएतको उपस्थिीति रहेको थियो ।