गुना र बाँदर भेटिन छाडे ।।

img1

साउन २१ दैलेख, भिम सिजापति
समुदायको कुनै सदस्यको मृत्यु भए पहिलेको ठाउँ छोडि अर्काे ठाउँमा बस्ती सर्नु राउटेहरुको संस्कार हो । पछिल्ला केहि वर्षमा भने संस्कार भन्दा बाध्यताले राउटे बसाइँ सर्नुपरेको छ । ठाँटिकाँध गाउँपालिका ३ को सुईयाँ र चामुण्डा विन्द्रासैनी नगरपालिकाको १ को सिस्नेरीमा वसिरहेका उनीहरू केही समय अघि नयाँ बस्ती खोज्दै भैरवी गाउँपालिका ७ को पानीपोखरामा वसिरहेका छन्  । औल घामले पोल्यो अब ऐस्यालु पाक्या, लेख घाम पनि हुनैन चिसो पानी पनि खान पाईनोछ राउटे मुखिया सुर्यनारायण शाहिले भने ।img1
(फोटो क्याप्सन–चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. १ मा वसीरहेको एक राउटे परिवार । –फोटो फाईल भिम सिजापति)
लेखपट्टि सद्र्दै आयौं, बसाइँ सर्नुको कारण खुलाउने क्रममा मुखिया डिलवहादुर शाहीले आफ्नो आङतिर हेर्दै भने, कपडा यै हुन् । औल घाम हुन लाग्यो, भुसुना, मच्छेडले टोक्छ । मैथ घाम भयो भने आङ पनि पोल्छ त्यै भईकन बसाँई स¥यौँ उनले भने । राउटे समुदाय आधुनिक उपचार पद्धतिमा विश्वास गर्दैनन् भनिन्छ । रोगले छोएमा कहिलेकाहीं स्वास्थ्य संस्थामै पुगेर डाक्टरी उपचार पनि गराउने गर्छन् । पहिले रोग लाग्दैनथ्यो । काम गर्दा कहिलेकाहीँ हातखुट्टामा घाउखत लाग्थ्यो, आज भोलि जरो आउने, सर्दि लाग्ने, कपाल र पेट दुख्ने, झाडा बान्ता लाग्ने जस्ता भएभरका रोगले सताउने अ¥याछ । चार÷पाँच वर्ष यता आफ्ना जनता धेरै रोगी भएको अर्का मुखिया विरवहादुर शाहीले बताए ।
बाह्रैमास घलेकका भरमा आधा जीउ ढाक्ने राउटेलाई पछिल्ला वर्ष गर्मी र जाडो दुवैले सताउने गरेको छ । आजबेली चिसोको समय आयो भन्या मैथई चिसो, घामको समय आयो भन्या मैथई घाम हुन्छ । ईन्दराई कारणले बिराम लाग्दोरहेछ, मुखिया सूर्यनारायणले भने । बस्ती विकासले वनजंगल विनाश हुँदै गएको उनीहरूको गुनासो छ । उनले भने, जंगल मासिँदा गुना बादर मात्र नभई गिठा, भ्याकुर, कन्दमुलै पाईनैन । भैरवी गाउँपालिकाको पानीपोखरीमा बसाँई सरी आएका राउटे अगुवाले पहिले जस्तो अहिले जंगलमा बस्न सजिलो नभएको अनुभव सुनाए ।
हामीलाई वन जथाभावी नकाट्न भन्छन् । हामीकन सहरिया सुविधा चाईनईन । सब मानिसले बिगा¥यो । आफ्नै भाषा मिसाउँदै अर्का मुखिया वीरबहादुरले भने, हामी वनको राजा जंगल मैथ मास्नु हुनैन भन्ने हामीकन पनि था छ । जंगल मैथ मासियो भन्या हामी क्यारी बाँच्न्या भन्या हामीकन पनि था छ । खालि राउटेले वन मास्यो भनेर हल्ला अरछन् । वन सखाप पार्ने अरू छन् । आफूहरूले राम्रो काठको साटो कुकाठ प्रयोग गर्ने गरेको बताए ।
जंगलमा पहिले जस्तो कन्दमुल र गुना बाँदर समेत नपाउँदा राउटेलाई जीविका चलाउन धौधौ भएको हो । कोसी, मधुस बिक्री नहुँदा आफूहरूले सरकारी भत्ताकै मुख ताकेर बस्नुपरेको बताए । केहि समय अगाडि सुर्खेतमा जलवायु परिवर्तन सम्बन्धी ३ दिने तालिम लिए पनि जलवायु परिवर्तन सम्बन्धी शब्द ज्ञानबारे त्यति नबुझेका र अनभिज्ञ भए पनि उनीहरूको बुझाई थियो, तापक्रम तलमाथि हुँदा स्वास्थ्यमा पहिलेको तुलनामा धेरै असर देखिन थालेको छ । रोगबिमारले छुन थाल्यो । जंगली कन्दमुल पाइन छाडे । बस्ती सारेको सार्यै गर्नु पर्ने भो ।
राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले राउटे समुदायलाई जलवायु अनुकूल जीविका चलाउन सिकाउनुपर्ने बताउछिन् । सबै भन्दा बढी यो समुदाय मारमा परेको छ । पूरै जंगलमा निर्भर रहनु पर्ने हुँदा राउटेलाई समस्या छ । कपडा पनि पूरै लाउँदैनन् । एक ठाउँमा पनि बस्दैनन् । त्यसैले उनीहरूमा देखापरेका जलवायु परिवर्तनका असर न्यून गर्न धेरै चुनौती छ, उनले भनिन् । यस विषयमा सरकार लगाएत बन सम्बन्धि काम गर्ने सरोकारवाला संघ संस्था र मानब अधिकारबादिहरुले गम्भीर भएर सोच्ने बेला आएको छ ।