कला संस्कृति जर्गेना गर्दै रेडियो ध्रुवतारा एफ. एम. ।।

img1

भिम सिजापति, ध्रुुुवतारा एफ. एम. दैलेख
पछिल्ला दिनमा दैलेखमा सञ्चारमाध्याम एक पछि अर्काे गर्दै सञ्चालन हुने क्रम जारी छ । यिनै सञ्चार माध्यामहरुको भिडमा विगत ७ वर्ष देखी अनवरत रुपमा रेडियो धु्रवतारा एफ. एम. सञ्चालन भैरहेको छ । रेडियोले आफ्नो स्थापनाकाल देखी नै कला संस्कृति र भाषाभाषीको संरक्षण तथा प्रचार प्रसार गर्दै आईरहेको छ । यस्तै आफ्नो स्थापनाकाल देखी विषेश गरी दैलेख लगाएत मध्यपश्मिका भेरी र कर्णाली अञ्चल तथा सुदुरपश्चिमको सेती र महाकाली अञ्चलका विभिन्न जिल्लामा गाईने देउडा संस्कृति र खस भाषा तथा दैलेख जिल्लामा रहेका मगर समुदायमा वोलिने मगर भाषा (मगर ढुट) को संरक्षण गरिरहेको छ । आफ्नो स्थापनाकाल देखी नै रेडियोले (कल साईन) स्टेसन आई.डि. नै पश्चिमेली देउडा भाकामा निर्माण गरि प्रसारण गर्दै आईरहेको छ भने रेडियोले मगर भाषाका समाचार तथा कार्यक्रम पनि प्रसारण गर्दै आईरहेको छ । रेडियोले देउडा भाकाको कार्यक्रम पनि प्रसारण गर्दै आईरहेको छ ।
यस्तै रेडियोले भाषा तथा कला संस्कृतिको जर्गेना गर्ने क्रममा आफ्नो स्टेशन वाट देउडा गित र खस भाषा विषेश कार्यक्रम तथा मगर भाषा विषेश कार्यक्रम पनि प्रसारण गरिरहेको छ । रेडियोले सुरु देखी नै मगरभाषाको गित तथा देउडा गित प्रसारण गरिरहेको र हाल कार्यक्रम पनि प्रसारण गरिरहेको छ । रेडियो अहिले हप्तामा एक पटक मगर भाषाको कार्यक्रम कानुङ ढुट र हप्तामा ४ पटक देउडा गितको कार्यक्रम रैवार प्रसारण गरिरहेको छ । यी दुवै कार्यक्रममा विषेश गरी आ–आफ्नो कला संस्कृति, रितिरिवाज र भाषाभाषी समेटि प्रसारण गर्ने व्यवस्था मिलाईएको छ । मगर भाषाको कार्यक्रम कानुङ ढुटमा दैलेख जिल्लामा रहेका मगर समुदायले वोल्ने गरेको भाषा कला संस्कृतिको संरक्षण लागी प्रत्यक्ष रुपमा मगर समुदायका स्रोता तथा भाषा वोल्न जानेका व्यक्तिहरु संग कुरा गर्ने र मगर संस्कृतिका विविध प्रतिभाहरु प्रस्तुत गर्ने गरिन्छ । यता देउडा गितको कार्यक्रम रैवारमा पनि देउडा गित संगितलाई नै प्राथमिकता दिने गरिन्छ । कार्यक्रममा जुम्लाको सिंजा उपत्यका वाट सुरु भएको मानिने खस भाषा वोलिनुका साथै कार्यक्रममा सहभागिता जनाउने स्रोता संग पनि खस भाषामा नै कुरा गर्ने गरिन्छ ।
रेडियोले दैलेखमा रहेका कला संस्कृतिको जर्गेना गर्नलाई निकै मेहेनत गरिरहेको छ । दैलेखमा रहेका कला, संस्कृति, संस्कार, भाषाभाषी, रितिरिवाज जोगाउने काम रेडियोको मात्र नभई सम्पुर्ण दैलेखीको भएको दैलेख सदरमुकामका स्थानीय वासिन्दा मनोज थापाले वताउँनुभयो । रेडियोले आफ्नो स्थापनाकाल देखी नै पश्चिम नेपालको आवाज भन्ने मुल नारा लिएर अघि वढेकाले पुर्ण रुपमा पश्चिम नेपालमा रहेका कला संस्कृति, संस्कार, रितिरिवाज, भेषभुषा र भाषा जोगाउन र प्रचारप्रसारका लागी निरन्तर लागि रहेको रेडियोका स्टेशन म्यानेज चक्र के.सी.ले वताउनु भयो । सामुदायिक रेडियो प्रसारक संघ ६ नं. प्रदेशका सचिव समेत रहेको के.सी.ले सामुदायिक रेडियोले विषेश गरी समुदायमा नै आधारीत रहेका आफ्ना आवाज वुलन्द गर्नु पर्ने र गर्ने भएकाले पनि रेडियो सोहि अनुसार नै समुदायमा आधारित रहेका विभिन्न कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेको वताउनु भयो ।