नेपाल पर्यटन पत्रकार संघ दैलेखको पहिलो अधिवेशन सम्पन्न, पर्यटन विकासमा सघाउने जनप्रतिनिधीहरुको प्रतिबद्धता ।।

ध्रुवतारा संवादाता, साउन २२ दैलेख
दैलेखका विभिन्न स्थानीयतहका प्रमुखहरुले जिल्लाको पर्यटन विकासमा सघाउने प्रतिबद्धता गरेका छन् । नेपाल पर्यटन पत्रकार संघ दैलेखको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनिहरुले यस्तो प्रतिबद्धता गरेका हुन् । नारायण नगरपालिका दैलेखको सभा हलमा भएको कार्यक्रममा बोल्दै महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जिल्ला भित्र रहेका विविध सांस्कृतिक सम्पदाहरु राज्यको पहुँच सम्म पुग्न नसकेकोले त्यस्ता सम्पदाहरु ओझेलमा परेको बताउनुभयो । उहाँले स्थानीयतहको निर्वाचन सम्पन्न भई निर्वाचित जनप्रतिनिधी मार्फत भएको गाउँ तथा नगर सभाले दैलेख जिल्ला भित्र रहेका धार्मीक तथा सांस्कृतिक सम्पदाहरुको विकास तथा पर्यटन विकासमा विशेष जोड दिएको बताउनुभयो । स्थानीय तहमा भएका सास्कृतिक तथा धार्मीक सम्पदाहरुको विकास तथा प्रचार प्रसारमा जोड दिदै जाने उहाँले बताउनु भयो । शाहीले पर्यटन पत्रकार संघ दैलेखले लिएका उद्देश्यहरुलाई पुरा गर्नको लागि आफुहरु सधै तयार रहेको वताउनुभयो ।
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले नेपाल पर्यटन पत्रकार संघ दैलेखको पहिलो अधिवेशनबाट निर्वाचित कार्य समितिले जिल्लाको पर्यटन विकासमा कलम चलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नारायण नगरपालिका दैलेखले नगर भित्र रहेका सांस्कृतिक तथा धार्मीक सम्पदाहरुको विकास गर्न आफु लागि परेको बताउँदै जिल्लाको ११ वटै तहमा भएको पर्यटकिय सम्भावनाहरुलाई उजागर गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा  नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनीरामशर्मा (ऋतुविचार) ले पर्यटन विकासका सम्भावनाहरुलाई उजागर गर्दै विकासमा सहयोग पु¥याउने उदेश्यले संघ विस्तार गरिएको बताउनुभयो । उहाँले देशमा रहेका सास्कृतिक तथा धार्मीक सम्पदाहरुको प्रचार प्रसार गर्न सके पर्यटन विकासमा सघाउ पुग्ने बताउनुभयो । नेपाल भित्र अन्तराष्ट्रिय स्तरमा प्रख्यात सास्कृतिक सम्पदाहरु छन् भन्दै त्यस्ता सम्पदाहरुको प्रचार प्रसार र विकास गर्न जरुरी रहको वताउनु भयो । देश भित्र रहेको पर्यटन विकासको सम्भावनालाई उजागर गर्दै विदेशी पर्यटकहरुलाई भित्या¥याउन सकेको खण्डमा देशको आर्थीक विकासमा सघाउ पुग्ने धारणा राख्नुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले दैलेख विभिन्न सास्कृतिक तथा धार्मीक सम्पादहरुले भरिपूर्ण भएकोले त्यस्ता सम्पदाहरुको विकासका लागि दैलेखका क्रियाशिल पत्रकारहरुले गरेको योगदानको चर्चा गर्दै स्थानीय तहमा भएका सास्कृतिक तथा धार्मीक स्थलहरुको विकासमा लाग्न सुझाव दिनुभयो । यस्तै नेपालपर्यटन पत्रकार संघ दैलेखका अध्यक्ष चक्र के.सी.ले दैलेख पर्यटन क्षेत्रको धेरै सम्भावना रहेको बताउँदै त्यस्ता सास्कृतिक तथा धार्मीक स्थलहरुको प्रचार प्रसारमा जोड दिनु पर्ने बताउनुभयो । उहाँले निर्वाचित जनतिनिधीहरुले स्थानीय तहमा भएको सम्भावनाहरुको खोजी गरि त्यसको विकास र प्रबद्र्धनमा जोड दिन सुझाव समेत दिनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा दैलेखका उपाध्यक्ष कविराज खत्री, मजदुर किसान पार्टीका जिल्ला सदस्य कुमार विक्रम शाही, धमाका दैनिका प्रकाशक सम्पादक विष्णु शर्मा लगाएतले आआफ्नो धारणा राख्नु भएको थियो ।
यसैवीच पहिलो अधिवेशनले नयाँ कार्य समिति पनि सर्वसहमतिले चयन गरेको छ । जिल्ला समितिको अध्यक्षमा चक्र के.सी.को बरिष्ठ उपाध्यक्ष लोकेन्द्र पौड्याल, महिला उपाध्यक्ष पुजा भण्डारी, सचिव हिक्मत कुमार परियार, सह–सचिव महिला चन्द्रा बोहोरा, सह–सचिव नमराज आचार्य र कोषाध्यक्षमा उदयराज अधिकारी लाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा पृथ बयलकोटी, कमला विसी, खगेन्द्र रानामगर, राजेश शाही, रमेश भट्टराई र रमेश विसी रहेका छन् । पहिलो अधिवेशनले असोज ४ गते बर्दियाको ठाकुरद्धारमा हुने राष्ट्रिय भेलामा सहभागि प्रतिनिधी समेत चयन गरेको छ । राष्ट्रिय भेलामा सहभागि हुनका लागि जिल्ला कार्य समितिका अध्यक्ष चक्र केसी, विष्णु शर्मा र ज्योती कटुवाल लाई चयन गरेको हो ।