दैलेख जिल्ला समन्वय समितिको निर्वाचन आज, एमालेले एकलौटी गर्नै ।।

img1

धु्रवतारा संवादाता, साउन २३ दैलेख
दैलेख जिल्ला समन्वय समितिका लागी आज निर्वाचन हुने भएको छ । प्रमुख, उपप्रमुख र ७ जना सदस्यका लागी पुर्व निर्वाचन तालिका अनुसार आज हुन लागेको हो । समितिको प्रुमख तथा उपप्रमुखका लागी नेकपा एमाले वाट जिल्ला पार्टि उपाध्यक्ष प्रेम थापा र अखिल नेपाल महिला संघ केन्द्रिय संगठन कमिटि सदस्य लक्ष्मी शाह तथा नेपाली कांग्रेसवाट नगेन्द्र वहादुर खत्री र निर्मला खड्का चुनावी मैदानमा छन् । दैलेखमा प्रमुख, उपप्रमुख र सदस्य समेत ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनमा दैलेखका ४ नगरपालिका र ७ गाउँपालिकाका प्रमुख र उपप्रमुखहरु गरी २२ जना मतदाता रहेका छन् । नेकपा एमालेका १४ र काँग्रेसका ८ जना मतदाता भएकोले एमालेले एकलौटी जिल्ला समन्वय समिति गठन गर्नेछ । जिल्ला समन्वय समितिको निर्वाचन अधिकृत दैलेख जिल्ला अदालतका जिल्ला न्याधिसलाई तोकिए छ ।