आज टाकटुके जात्रा ।।

img1

ध्रुवतारा संवादाता, साउन २३ दैलेख
दैलेखमा सवै भन्दा लामो समय सम्म चल्ने वर्षे मेला अन्तरगत आज टाकटुके जात्रा मनाईदै छ । गठेमंगलका दिन देखी सुरु हुने वर्षे मेला अन्तरगत आज टाकटुके जात्रा मनाउन लागिएको हो । मंगलवार गाई जात्रा, वुधवार रोपाई जात्रा, विहिवार वाघ जात्रा, शुक्रवार राउटे जात्रा र शनिवार जोगी जात्रा मनाईने छ । वर्ष भरी मृत्यु भएका पृतिहरुलाई सम्झेर टाकटुके जात्रा निकालिन्छ । जात्रामा एक आपसमा भाटा ठोक्ने गरिन्छ । ठुलो डोकोलाई पुर्णरुपमा सिंगारेर चार तर्फ सारीले वाँधेर र वाँधिएका सारीका एकापट्टिका छेउ समातेर युवाहरु मनमोहक तरिकाले नाँच्ने गर्दछन् । जात्रामा केटाकेटिहरु “ए वजै तिम्रो घरमा के के पाक्यो, मलाई पनि खान देउ मिठो लाग्यो” भनेर गित गाउँने न्यु ज्वा क्लवका अध्यक्ष विशाल सुनारले बताउनु भयो । दैलेख सदरमुकाममा भगवती युवा क्लव, न्यु ज्वाला क्लव, एभरेष्ट क्लव र सुनगाभा क्लवले लाखे निकाल्ने गरेका छन् ।