जिसस दैलेखमा एमालेको प्यालन विजयी ।।

img1


धुब्रतारा संबादाता
दैलेख साउन, २३ ।
जिल्ला समन्वय समिति दैलेखमा एमालेको प्यानल नै विजयी भएको छ । प्रमुख, उपप्रमुख र सदस्यसहित ९ जना पदाधिकारीका लागि दैलेखमा आज भएको चुनावमा एमालको प्यानल नै विजयी भएको हो । प्रमुखमा प्रेमबहादुर थापा, उपप्रमुख पदमा लक्ष्मीदेवी शाह तथा सदस्यमा सर्बराज महतारा, चन्द्रकला नेपली, नन्दे खड्का, बालकृष्ण केसी, गीता चन्द, ललितजंग माझी र चन्द्रकला रावल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो । जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिका समेत ११ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २२ जना मतदाताले जिल्ला समन्वय समितिका लागि मतदान गरेका हुन । जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमालेसंग १४ र नेपाली काँग्रेका ८ जना मात्र मतदाता भएको अवस्थामा एमालेको जित सुनिश्चित भए पनि निर्बिरोध हुन नदिन काँग्रेसले उम्मेदवार हालेको थियो ।