नियमित वजार अनुगमनमा कन्जुस्याँई ।।

भिम सिजापति, साउन २३ दैलेख
नियमित वजार अनुगमन नहुँदा उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखले नियमित वजार अनुगमनमा कन्जुस्याँई गर्दा उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् । वेलावेलामा दैलेख सदरमुकाममा मात्र अनुगमन गरे पनि अनुगमनलाई निरन्तरता नदिदा समस्या देखिने गरेको छ । नेपाल सरकारले खुद्रा पसलहरुवाट सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्न नपाईने नियम ल्याए पनि दैलेखमा भने यसको कुनै असर देखिदैन । प्रसाशनले अनुगमनलाई निरन्तर र कडाई नगर्दा दैलेख सदरमुकाम लगाएत दैलेखका विभिन्न व्यापारिक केन्द्रका पसलहरुमा म्याद नाघेका र लेवल नराखिएका समानको खुलेआम विक्रि हुने गरेको छ । यसरी वजार अनुगमनलाई निरन्तरता नदिदा व्यापारीहरु मनोमानी वढेको छ भने उपभोक्ताहरु पनि मर्कामा परेका छन् ।
सरोकारवाला निकायहरुले वजारु अनुगमन नगर्दा दैलेखका विभन्न ठाउँमा ५० रुपैयाँ पर्ने नमस्ते तथा एनसेलका रिचार्ज कार्डहरु ५५ देखी ६० रुपैयाँ सम्म विक्रि भैरहेका छन् भने १०० रुपैयाँ पर्ने नमस्ते तथा एनसेलका रिचार्ज कार्डहरु १०५ देखी ११० रुपैयाँ सम्म विक्रि हुने गरेको पाईएको छ । यसरी हेर्दा दैलेखका विभिन्न ठाउँहरुमा १५ रुपैयाँ पर्ने एउटा चाउचाउ १८ देखी २० रुपैयाँ सम्म विक्रि हुने गरेको छ । वजार अनुगमनलाई निरन्तरता दिन उपभोक्ताहरुले सरोकारवाला निकायलाई अनुरोध समेत गरेका छन् । प्रसाशनले वजार अनुगमन गरे पनि सदरमुकाममा मात्र गर्ने र ग्रामिण क्षेत्रका वजार तथा पसलहरुमा अनुगमन नगर्दा उपभोक्ताहरु वढि ठगिने गरेको ठाँटिकाँध गाउँपालिका वडा नं. ४ का पदम सिजापतिले वताए । सिजापतिले भने अहिले पनि रिचार्ज कार्डमा आफुहरु ५ देखी १० रुपैयाँ सम्म वढि तिर्न वाध्य भएको वताए ।
यस्तै नेपाल सरकारले खुद्रा व्यापारीहरुले सुर्ति जन्य पदार्थ वेच्न नपाउने नियम वनाए पनि दैलेखमा भने यसको कुनै असर देखीदैन । स्थानीय प्रसाशन पनि यस कुरामा त्यति ध्यान नदिएको देखिन्छ भने व्यापारीहरुले खुलेआम सुर्ति जन्य पदार्थ वेचिरहेका छन् । सुर्ति जन्य पदार्थ उत्पादक कम्पनीहरुले आन्तरिक राजस्व विभागमा अन्तशुल्क बुझाएको स्टिकर नटाँसेका गुट्खाहरु बिक्री हुने गरेको छ । जिल्लामा अहिले पनि खुलेआम कर छलीका गुट्खाहरु बिक्री गरेपनि सम्बन्धित निकाय मौन बसेको गुनासो छ । नियमित र प्रभावकारी अनुगमन नहँुदा व्यापारीहरुले बिना इजाजतका गुट्खा विक्रि वितरण भैरहेको छ ।
यता प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले अनुगमनलाई तिव्रता दिन नसकेको स्वीकार गरेका छन् । अधिकारीले भने अहिले घुम्ती शिविर सञ्चालन भैरहेको छ, त्यसैले हामीले अनुगमन गर्न सकिरहेका छैनौँ अव शिविर सकिने वित्तिकै वजार अनुगमनमा कडाई गर्ने वताए ।