आदीवासि जनजातीको पहिचानलाई स्थापित गराउनुपर्नेमा जिल्ला मालपोत कार्यालय दैलेखका प्रमुख बालकृष्ण राना मगरको जोड ।।

img1

खगेन्द्र राना मगर
दैलेख साउन, २५
जिल्ला मालपोत कार्यालय दैलेखका प्रमुख बालकृष्ण राना मगरले आदीवासि जनजातीको हक अधिकार, अस्तित्व तथा पहिचानलाई स्थापित गराउनुपर्नेमा जोड दिनुपर्ने बताउनु भएको छ । २३ औ विस्व आदीवासी दिवसको अवसरमा दैलेखको डुङगेस्वरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो । रानाले आदीवासि जनजातीहरुको पहिचान तथा अधिकारलाई बचाउनको लागी नागरिक चेतना तथा गुणस्तरयि शिक्षाको आवस्यकता रहेको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका रानामगरले विस्वमा छरिएर रहेका जनजातीहरुको भाषीक, सास्कृतीक तथा धार्मीक कुराहरु जोगाउनका लागी सम्पुर्ण आदीवासि जनजातीहरु एकजुट भएर लाग्नुपर्ने समेत बताउनुभयो । उहाले आफ्नै गाउठाउदेखी जुनसुकै स्थानहरुमा पनि आयोजना हुने कार्यक्रमबाट देखीएका तथा बुझीएका कुराहरुलाई महत्वपुर्ण ठानेर अगाडी बढ्न सुझाब दिनुभयो । यस्तै नेपाल मगर सघका केन्द्रीय सदस्य खगेन्द्र पुनमगरले आफुहरुको लडाई कुनै पनि जात–जातीप्रती नभई आफुले पाउनुपर्ने अधिकार प्रति भएको बताउनुभएको छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषणा गरेपछि हरेक वर्षको अगष्ट ९ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । आदिवासी जनजाति अधिकारकर्मीहरुले यो दिवसलाई अधिकार स्थापित गराउनका लागि दबाब दिने रुपमै मनाउने गरेको बताएका छन् । ‘‘अधिकार प्रतिनीधित्व र स्वशासनका लागी आदीवासी जनजातकिो अडान, पहिचान सहितको संघियताका लागी संबिधान संसोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम अन्र्तरगत डुङ्गेस्वर बजारमा बृहत सांस्कृतिक, झाँकीसहितको ¥याली समेत निकालीएको थियो । कार्यक्रममा बिभीन्न क्लब तथा समुहहरुले आदीवासी जनजातीहरुको पहिचान झल्कीने खालका नृत्य तथा गित लगाएतका सास्कृतीक झलकहरु समेत प्रस्तुत गरिएकोे थियो । कार्यक्रममा जिल्ला स्थित बिभीन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनीधि, आदीवासी जनजाती माहासंघका भातृ संघ संगठनहरुका प्रतिनीध, सन्चारकर्मी, सुरक्षकर्मी, बुद्धीजिवी लगाएत जिल्लाका बिभीन्न स्थानका आदीवासी तथा गैर आदविासी जनजातीहरुको उपस्थिीती रहेको थियो । जिल्ला मालपोत कार्यालय दैलेखका प्रमुख बालकृष्ण राना मगरको प्रमुख आतीथ्यतामा भएको कार्यक्रम नेपाल आदीवासी जनजाती माहासंघ जिल्ला समन्वय परिषद दैलेखका उपाध्यक्ष हरिमाया सारुमगरको सभापतित्वमा सम्पन्न भएको हो । यस्तै २३ औ विस्व आदीवासी दिवसको अवसरमा आज दैलेखको नौमुले लगाएत अन्य स्थानहरुमा पनि बिबीध कार्यक्रमहरु गरिएको छ ।