बालिका हराएको मृत फेला, बलात्कारपछि हत्यकाको आशंका ।।

अमर सुनार, साउन २६ दैलेख
दैलेखको डुंगेश्वर गाउँपालिका–२ लाँकुरी तुलसेनीकी १४ वर्षीया बालिका मनसरा खड्का हराएको एक सातापछि मृत अवस्थामा फेला परेकी छिन् । डुंगेश्वर गाउँपालिका–१ को खाडाखोला दमाखेत भन्ने जंगलमा आज मात्र फेला परेको प्रहरीले जनाएको छ । साउन १९ गते दिउँसो चुप्राबजारको मीलबाट धान कुटेर फर्किंदा हराएकीमा गाईबस्तुलाई छाप काट्न गएका व्यक्ति चप्पल भेटिएको खवर गरेपछि बाटोदेखि अलि टाढा घाँटीमा सल कसेको, सुरुवाल च्यातिएको र ढुंगाको चरेटामा लडाएको अवस्थामा शव फेला परेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।  मृत शव नजिकै छाता राखिएको तर उनले मिलबाट बोकेर ल्याएको ७ पाथी चामल फेला नपरेको बताइएको छ । घटना प्रकृतिका आधारमा कुनै व्यक्तिले बलात्कारपछि हत्या गरेको हुन सक्ने तर व्यक्ति नभएको भनी दिएको जाहेरीका आधारमा प्रहरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो ।  अत्यन्तै गरिव परिवारकी ती बालिका मनसरा खड्का घरकी कान्छी छोरी हुन्, उनका २ दिदीहरुको विवाह भइसकेको र १ जना दाजु शारीरिक रुपमा अशक्त छन् । उनी अहिले भैरव आधारभूत विद्यालयमा कक्षा ६ कक्षाकी नियमित छात्रा हुन् ।