अन्तराष्ट्रिय युवा दिवस दैलेखमा पनि मनाईयो, देशको रक्षा गर्ने जिम्मा युवाको हातमा रहेको सांसद पोखरेलको भनाई ।।

img1

खगेन्द्र राना मगर
दैलेख साउन २८
अन्तर्राष्ट्रिय युवा दिवस आज दैलेखमा पनि बिभीन्न कार्यक्रम गरेर मनाईएको छ । ‘‘शान्ती र सम्बृदीका लागी युवा” भन्ने नारासहित जिल्ला युवा समिती दैलेखको आयोजनामा युवासंग सरोकार राख्ने बिभीन्न संघसंस्थाहरुको आर्थीक सहयोगमा बिबीध कार्यक्रमहरुको आयोजना गरि यो दिवस मनाईएको हो ।  सन १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा यो दिवस मनाउँदै आइरहेका छन । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा  घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गराउन यो दिवसको घोषण गरिएको हो ।
यसैबिच युवा दिवसको अवसरमा शुभकामना दिदै सांसद लक्ष्मीप्रसाद पोखरेलले यो देशको रक्षा गर्ने जिम्मा युवाको हातमा भएकाले सम्पुर्ण युवाहरु देशभक्तीको भावनामा ओतप्रोत भएर उठ्नुपर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका पोखरेलले यो राष्ट्रको मुल प्रवाहा बनेर समाजवाद स्थापना गर्नमा युवाहरु अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।  यस्तै अर्का सांसद अम्मर बहादुर थापाले युवा र बिद्यार्थी नै संसारका सम्बृद्धीका सम्वाहक भएकोले युवाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । सांसद थापाले असल सम्बृदीका कामहरु गरेर दैलेखलाई परिवर्तन गर्ने खालका कामहरुतर्फ उन्मुख हुन युवाहरुलाई सुझाव समेत दिनुभयो ।
यस्तै कार्यक्रमबाट जिल्लाका उत्कृष्ट ५ जना लद्यु उद्यमी युवाहरुलाई सम्मान पनि गरिएको छ ।  जिल्ला भित्रै रहेर सिलाईकटाई, मोवाईल मर्मत लगाएतका बिभीन्न लद्यु उद्यमतर्फ अग्रसर बनेका दैलेखका बिभीन्न स्थानका गरि ५ जना युवा उद्यमीहरु सम्मानीत भएका हुन ।  चामुण्डा बिन्द्रासैनि नगरपालीका सावीकको जम्भुकाधका लोकेन्द्र बहादुर खड्का, सोही नगरपालीका साविकको चामुण्डा गाविसका देवीराम कंडेल, गुरास गाउपालीकाका भवीसरा खड्का, आठविस नगरपालीकाका कलसा विक र गुरास गाउपालीकाका नगेन्द्र्र रसाईलीलाई जिल्लाका उत्कृष्ट युवा उद्यमीको रुपमा सम्मान गरिएको हो ।
यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त गादोरीयो कराते खेल बिधामा जिल्लामा उत्कृष्ट भुमिका निर्वाहा गरेको भन्दै भैरबी गाउपालीकाका बिरेन्द्र बहादुर शाहीलाई पनि सम्मान गरिएको छ ।  शाहीलाई नगद रु ५ हजार सहित सम्मान गरिएको हो ।  यस्तै दिवसकै अवसर पारेर ‘‘दिगो शान्ती र समृद्धीका लागी युवाको भुमिका बिषयक” वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो । प्रतियोगिताबाट वसन्त मावी किमुगाउका नरेश रावल प्रथम, फुलबारी बिद्या मन्दीर काडाचौरका हरीकुमार काफ्ले द्धृतिय, महेन्द्र मावी सोतका मेनुका थापामगर तृतीय र नेपाल परिवार नियोजन संघका सिद्धार्थ नेपालीले शान्तोना स्थान हासील गर्नुभएको छ ।  वक्तृत्वकला प्रतियोगिताबाट प्रथम, द्धतीय, तृतीय र शान्तोना हुने बिद्यार्थीहरुर्ला क्रमश १५ सय, १२ सय, १ हजार र ८ सय रुपैया पुरस्कार प्रदान समेत गरिएको छ ।
जिल्ला युवा समिती दैलेखको आयोजना तथा नारायण नगरपालीका उद्योग बिकास शाखा दैैलेख, सेभ द चिल्ड्रेन, एभरेष्ट क्लब दैलेख, सामाजिक सेवा केन्द्र सोसेक दैलेख तथा नेपाल परिवार नियोजन संघ दैलेखको आर्थीक सहयोगमा युवा दिवसको अवसरमा बिभीन्न कार्यक्रमहरु गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिती दैलेखका उप प्रमुख लक्ष्मीदेवी शाह, आडबिस नगरपालीका दैलेखका प्रमुख खड्गराज उपाध्याय, भैरबी गाउपालीकाका अध्यक्ष्य प्रेम बहादुर बुढा, एभरेष्ट क्लब दैलेखका अध्यक्ष्य दिपक शाही, नारायण क्याम्पसका स्वयू सभापति रेखा थापा लगाएले पनि आफ्ना भनाई राख्नुभएको थियो । यस्तै कार्यक्रममा ‘‘स्टार डान्स ग्रुप” लगाएतको नृत्य तथा सास्कृतीक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो  । यस्तै युवा दिवसकै अवसर पारेर नेपाल परिवार नियोजन संघ दैलेखले रत्तचाप मापन लगाएत सामान्य स्वास्थ चेकजाच समेत गरेको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल बिभीन्न युवा क्लबहरु, युवासंग सरोकार राख्ने संघसस्थाका प्रतिनीधिहरु, राजनैतिक दलका प्रतिनीधिहरु, युवा बिद्यार्थीहरु, सन्चारकर्मी लगाएतको उपस्थिीति रहेको थियो ।