आदीवासी जनजाती माहासंघ नगर समन्वय परिषद दैलेखको अध्यक्षमा लाल बहादुर गूरुङ चयन ।।

खगेन्द्र राना मगर
दैलेख साउन ३० ।
नेपाल आदीवासी जनजाती माहासंघ नारायण नगर समन्वय परिषद दैलेखको अध्यक्षमा लाल बहादुर गूरुङ चयन हुनुभएको छ । दैलेख सदरमुकाममा आज आयोजित संघको तेश्रो नगर अधिबेशनबाट गूरुङ सर्बसहमतीबाट अध्यक्षमा चयन हुनुभएको हो । आज भएको तेश्रो अधिबेशनबाट गूरुङ्को अध्यक्षतामा ११ सदस्यीय नेपाल आदीवासी जनजाती माहासंघ नारायण नगर समन्वय परिषद गठन गरिएको छ । यस्तै समन्वय परिषदको उपाध्यक्षमा दिप कुमारी पुन, सचिबमा कृष्ण बहादुर श्रेष्ठ, सह सचिबमा धर्म थापामगर र कोषध्यक्षमा रमाकुमारी थापामगर लाई चयन गरिएको छ । 
यस्तै सदस्यहरुमा सारदा श्रेष्ठ, भिम बहादुर थापा मगर, छवीलाल थापा मगर, मित बहादुर गूरुङ, रामदयालू श्रेष्ठ र भक्त बहादुर थापा मगर चयन हुनुभएको छ । सल्लाहाकार सदस्यहरुमा शिबराज पुलामी मगर, जगत बहादुर गूरुङ र मनसरा थापालाई चयन गरिएको छ । यस्तै कानुनी सल्लाहाकारमा सर्वराज जोशी चयन हुनुभएको छ । नव गठीत समन्वय परिषदका पदाधीकारीहरुलाई शुभकामना दिदै नेपाल मगर संघका केन्द्रीय सदस्य खगेन्द्र पुन मगरले समाजमा सदभाब फैलाउने तथा आदीवासी जनजातीका पहिचान, सस्कृतीलाई उजागर गर्ने खालका काम गरेर अगाडी बढ्न सुझाब दिनुभयो ।
कार्यक्रममा नेपाल मगर सास्कृतीक संघका केन्द्रीय सदस्य कमला थापा मगर, नेपाल आदीवासी जनजाती युवा माहासंघका केन्द्रीय सदस्य मौसम थापामगर लगाएतले नव गठीत समितीलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रम नेपाल आदीवासी जनजाती माहासंघ नारायण नगर समन्वय परिषद दैलेखका अध्यक्ष शिबराज पुलामी मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।