वत्ति आउने ठेगान छैन, सेवाग्राही समस्यामा ।।

img1

भिम सिजापति, श्रावण ३२ दैलेख
दैलेखमा एक हप्ता देखी बत्ती नहुँदा सेवाग्राही मर्कामा परेका छन् । विगत एक हप्ता देखी वत्ति नहुँदा सेवाग्राही मर्कामा पर्नुका साथै सञ्चार माध्याम समेत वन्द भएका छन् । देशभर लगातार परेको पानीका कारण ठाउँ ठाउँमा विद्युतका पोल ढलेपछि वत्ति आउनमा समस्या भएको हो । विगत एक हप्ता देखी वत्ति नहुँदा आफन्तहरु सँग सम्पर्क हुन नसकेको दैलेखका स्थानीयहरु वताउँछन् । वत्ति नहुँदा दैलेखमा ल्याण्डलाईन टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । वत्ति नहुँदा निकै सास्ती खेप्नु परेको स्थानीय वताउँछन् । मोवाईल, ल्याप्टप चार्ज गर्न पनि कता जेनेरेटर चलेको छ भन्दै खोज्दै हिड्नु पर्ने अवस्था रहेको छ । यस्तै वत्ति नहुँदा दैलेखबाट प्रकाशन हुने पत्रपत्रिकाहरु प्रकाशन हुन सकिरहेका छैनन् भने रेडियो सञ्चालनमा समेत निकै प्रभाव परेको छ ।