पौष्टीक आहारका सामाग्रीहरु दैलेखका बिभीन्न स्थानहरुमा बितरण गरिने ।।

ध्रुवतारा संवादाता, भदौ २ दैलेख
शिक्षाका लागी खाद्य कार्यक्रम अन्र्तरगत नियमित रुपमा वितरण कार्य हुदै आईरहेको पौष्टीक आहारका सामाग्रीहरु दैलेखका बिभीन्न स्थानहरुमा बितरण गरिने भएको छ । शिक्षाका लागी खाध्य कार्यक्रम एकाई कार्यालय दैलेखबाट वितरण हुदै आईरहेको पौष्टीक आहारका खाद्य पदार्थ चामल, दाल, तेल, नुन लगाएतका सामाग्रीहरु बितरण गरिने भएको हो । नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा बिभाग जिल्ला शिक्षा कार्यालय शिक्षाको लागी खाध्य कार्यक्रम ईकाई दैलेख मार्फत दैलेखका बिभीन्न स्थानमा सामाग्रीहरु बितरण गर्न लागीएको एकाई प्रमुख कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो । पौष्टीक आहारका सामाग्रहिरु वितरण कार्य अन्र्तरगत बस्ेतडामा यही भाद्र ५ गते, नौमुलेमा भाद्र ११ गते तथा देउरालीमा यहि भाद्र ५ गते बितरण गरिने जनाईएको छ । यस्तै ठाँटिकाधमा भाद्र १२ गते, घुम्नेखालीमा भाद्र ६ गते र राकममा भाद्र ५ गते पौष्टीक आहारका सामाग्रीहरु बितरण गरिने शिक्षाको लागी खाध्य कार्यक्रम ईकाई दैलेखले जनाएको छ ।