हरितालीका तिजको रौनकता बढ्दो, मौलीकता गुम्नेमा चिन्तित ।।

ध्रुवतारा संवादाता, भदौ २ दैलेख
हिन्दु नारीहरुको महान चाड हरितालीका तिज आउन केही दिन मात्र बाकी रहदा तिजको रौनकता बढ्दै गएको छ । हिमाल, पहाड, तराइ सबै ठाउँका महिलाहरु यतिखेर तीज आयो भन्दै रमाइलो गरीरहेका छन । यसैगरी दैलेख सदरमुकाम लगाएत दैलेखका सबैजसो गाउ ठाउमा पनि तिजको रमझम बढ्दै जान थालेको छ । तिज नकिकिदै जादा तिजको रौनकता बढ्दै गएपनि त्यसको मौलीकता भने हराउदै जान थालेको छ । पछिल्लो समय तिजको परम्परागत मौलीकता हराउदै जान थालेपछि मौलीकता गुम्न सक्ने भन्दै बृद्ध, बृद्धाहरुले चिन्ता समेत व्यक्त गर्न थालेका छन ।  पछिल्लो समय तिजमा गित गाएर, मादल, बजाएर रमाईलो गर्ने भन्दा पनि साउन्ड सिस्टम मार्फत नाच्ने प्रचलन बढ्दै गएको छ । बजार क्षेत्रमा मात्र नभई कतीपय गाउठाउमा पनि साउन्ड सिस्टममा तिज गित बजाउने नाच्ने क्रम बढ्दै जान थालेको छ । त्यसोत पछिल्लो समय चर्चामा आएका कलाकारहरुले पनि पहिलेका जस्तो मौलीक सस्कृती तथा परम्परागत कुराहरुलाई कुनैपनि गितमा समाबेश गरेको पाईदैन ।
अहिले बजार देखी गाउघर सम्म तिजको रौनकता निकै बढ्दै गएको छ तर धेरैजसो ठाउमा मौलीक परम्परागत तिज गितहरु नत बजाएको नै पाईन्छ नत गाएको नै पाईन्छ । यसरी पछिल्लो समय नाच्दा, गाउदा कुनैपनि कुरामा मौलीकता समाबेश गरेको नपाईदा पुर्खौपुर्खादेखीको सस्कृती साच्चीकै गुम्दै जाने संकेत देखीएको भन्दै बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका हुन ।
‘‘पहिले हामी आफै गित गाउथ्यौ, मादल, मुर्छुङ्गा, आफै बजाउथ्यौ नाच्थ्यौ रमाईलो हुन्थ्यो तर आजकाल ठुला ठुला साउन्ड बक्सहरुमा गित बजाउने नाच्ने चलन आएको छ, रमाईलो त अहिले पनि लाग्छ तर पहिले जस्तो हुदैन काडाचौरकी स्थानीय मनरुपा थापामगरले भन्नुभयो । उहाजस्तै पछिल्लो समय मौलीक सस्कृती धरासायी बन्दै गएको गुनासो गर्ने बृद्धबृद्धाहरु हरु थुप्रै छन । तर बिडम्बना पछिल्लो समय आधुनिक जमाना भित्रीएसंगै मौलीक सस्कृती भने हराउदै गएको छ ।
तीजमा खासगरी हिन्दु महिलाहरू आफ्नो पतिको दीर्घायु अनि आफ्नो अटल सौभाग्य एवं सुखद दाम्पत्य जीवनको कामना गर्दै पानीसमेत मुखमा नहाली निराहार रही शिवपार्वतीको आराधना गरी पूजाआजा गर्ने गरेको पाइन्छ । हिमालय पर्वतकी छोरी पार्वतीले आफ्नो मनले चिताएको पति पाउनका लागि बसेको एउटा तपस्या हो भन्ने विस्वास अनुसार तिजलाइ मनाउने प्रचलन रहेको छ । बिशेषगरी ग्रामीण क्षेत्रमा दिनभरी बारीको काममा ब्यस्त भएपनी साझ खाना खाएर माइली, साइली काइलीको घरमा सबै महिला जम्मा भएर रमाइलो गर्ने गर्दछन । तर पछिल्लो समय तिजमा पनी धेरै बिकृती फैलीएको बुढापाकाहरुको भनाई छ । तीज आउनु एक महिनाअघि नै रंगीचंगी भएर भेटघाट गर्ने, दर खाने, नाच्ने—गाउने देखिन्छ । त्यसैले तीज भड्किलो बन्दै गएको छ भने कतिपए कलाकारले पनि उस्तै तिजका गितहरु बजारमा ल्याएका छन । अरुको देखासिखी गर्नुभन्दा आफुमा जे छ त्यतिमै रमाउने प्रयास गर्नु नै उपयुक्त हुने बुढापाकाहरुको सुझाव रहेको छ ।