राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार घोषणा, प्रदेश नं ६ बाट रेडियो धु्रबतारा एफएमलाई शिक्षा पत्रकारिता पुरस्कार ।।

img1

धु्रबतारा संवादाता
दैलेख भाद्र ३ । 
यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार दैलेखको रेडीयो ध्रुबतारा सामुदायीक एफएमलाई प्रदान गरिएको छ ।  संस्थागत शिक्षा पत्रकारिता पुरस्कार अन्र्तरगत काठमाण्डौ उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३ तर्फ प्रदेश नम्बर ६ बाट रेडियो धु्रबतारा सामुदायीक एफएमलाई पुरस्कार प्रदान गरिएको हो । 
 
नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्यांकन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा प्रदेश नम्बर ६ का रेडीयोहरु मध्ये ध्रुबतारा एफएम दैलेखलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । २५ हजार रुपैयाँ राशीको यो पुरस्कारको लागि महासंघको प्रादेशिक संयोजकहरूको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिस बमोजिम नतिजा सार्वजनिक गरिएको हो ।
 
यसैबिच ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३ तर्फ प्रदेश नम्बर १ बाट रेडियो इलाम –इलाम) प्रदेश नम्बर २ बाट रेडियो सलहेस एफएम (सिरहा), प्रदेश नम्बर ३ रेडियो नवबुद्ध एफएम (काभ्रे), प्रदेश ४ बाट संयुक्तरूपमा सामुदायिक रेडियो परिवर्तन (बाग्लुङ) र रेडियो चौतारी (लमजुङ) लाई प्रदान गर्ने निर्णय भएको छ ।  बैठकले प्रदेश ५ बाट रेडियो प्रतिबोध (बाँके), प्रदेश ६ बाट रेडियो ध्रुबतारा (दैलेख), प्रदेश ७ बाट संयुक्तरूपमा रेडियो बाजुरा (बाजुरा) र रेडियो महाकाली (कन्चनपुर) र काठमाडौं उपत्यकाबाट रेडियो थाहा सञ्चार (काठमाडौं) लाई प्रदान गरिने भएको  छ । 
 
यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने ४० हजार रुपैयाँ राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३ पत्रपत्रिकातर्फ ब्लाष्ट दैनिक (सुनसरी) लाई प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । साथै, यसै वर्षदेखि सुरु गरिएको अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एडुखबर डटकमलाई प्रदान गरिएको छ ।
 
यस्तै यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार माधव अर्याल र अन्नपूर्ण पोस्ट दैनिकका सुरेन्द्र काफ्लेले पाउने भएका छन । पुरस्कार छनोट मूल समितिको बैठकले ७५ हजार रुपैयाँ राशीको यो पुरस्कार कान्तिपुर दैनिकका पाल्पा सम्वाददाता अर्याल र अन्नपूर्ण पोस्ट दैनिकका पाल्पा सम्वाददाता काफ्लेलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो  ।  नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्यांकन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनोट मूल समितिको अर्याल र काफ्लेलाई पुरस्कार दिने निर्णय गरेको नेपाल पत्रकार महासंघले जनाएको छ । पुरस्कार छनोट समितिले रेडियो थाहा सञ्चार ९९.४ लाई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।  
 
प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार बैठकले सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने ३० हजार रुपैयाँ राशीको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७३ को पनि निर्णय सार्वजनिक गरेको छ । प्रदेश नम्बर १ बाट सरिता राई (रासस–भोजपुर) र भीम चापागाई (नागरिक दैनिक–इलाम), प्रदेश नम्बर २ बाट उपेन्द्र ठाकुर (कान्तिपुर टिभी–पर्सा) र महेशकुमार दास (नागरिक दैनिक–महोत्तरी), प्रदेश नम्बर ३ बाट गिरिजा अधिकारी (तुखबर डटकम–मकवानपुर) र विमल खतिवडा (कान्तिपुर दैनिक–चितवन) र प्रदेश नम्बर ४ बाट लालप्रसाद शर्मा (कान्तिपुर दैनिक–पर्वत) र अमरराज नहर्की (गोरखापत्र–तनह) लाई संयुक्तरूपमा प्रदान गरेकोे छ । 
 
प्रदेश नम्बर ५ बाट चुणामणि पोखरेल (अन्नपूर्ण पोस्ट–रुपन्देही) र प्रदेश नम्बर ६ बाट संयुक्त रूपमा प्रकाश अधिकारी (कान्तिपुर दैनिक–सुर्खेत) र ललितबहादुर बुढा (अन्नपूर्ण पोस्ट दैनिक–सुर्खेत), प्रदेश नम्बर ७ बाट डिलबहादुर सिंह (गोरखापत्र–डोटी) र तेजराज भट्ट (नयाँ पत्रिका–कैलाली) र काठमाडौं उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक–भक्तपुर), शरदकुमार शर्मा (रासस–काठमाडौं) र विनोद घिमिरे (द काठमाडौं पोष्ट–काठमाडौं) लाई प्रदान गर्ने निर्णय भएको छ ।  बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने २० हजार रुपैयाँ राशीको ‘शिक्षा लेखनवृत्ति–२०७३ क्रमशः प्रदेश नम्बर १ बाट विद्या राई (कान्तिपुर दैनिक–भोजपुर), अवतार राई (चोमोलुङमा रेडियो–भोजपुर) र दमन राई (नागरिक दैनिक–खोटाङ) लाई संयुक्तरूपमा प्रदान गरेको छ । 
 
प्रदेश नम्बर २ बाट भोला पासवान (कन्चनरुपमा साप्ताहिक–सप्तरी) र राकेशप्रसाद चौधरी (भूमि साप्ताहिक–महोत्तरी), प्रदेश नम्बर ३– तिलक अधिकारी (थाहदर्शन साप्ताहिक–मकवानपुर) र शर्मिला बुढाथोकी (रेडियो सैलुङ–दोलखा), प्रदेश नम्बर ४– पवन पौडेल (दमौली एफएम–तनुहँ), प्रतिक्षा काफ्ले (कान्तिपुर दैनिक–स्याङ्जा), प्रदेश नम्बर ५ बाट कृष्ण दर्नाल (रासस–पाल्पा), खगप्रसाद चापागाई (बुटवल टुडे–कपिलवस्तु), प्रदेश नम्बर ६ बाट संयुक्तरूपमा दीपेन्द्र शर्मा (नेपाल समाचारपत्र दैनिक–जाजरकोट), मेघराज खड्का (रेडियो नेपाल–रुकुम) र प्रवीर ददेल (रुकुम) लाई प्रदान गरिएको छ ।
 
प्रदेश नम्बर ७ बाट नरी बडू (बैतडी) र दुर्गा देवकोटा (सामुदायिक रेडियो–कैलाली) र काठमाडौंबाट प्रज्ञा तिम्सिना (इमेज न्यानल टिभी–काठमाडौं) र सञ्जिप घिमिरे (ननस्टप खबर डटकम–काठमाडौं) लाई प्रदान गरिएको छ ।