दैलेख सदरमुकाममा घर भत्किदा एक जनाको मृत्यु, दुर्इ जना घार्इते ।।

img1

भिम सिजापति, ९ साउन दैलेख
अविरल वर्षाका कारण गएराति दैलेख सदरमुकाममा घर भत्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । दैलेखको नारायण नगरपालिका वडा नं. १ त्रिभुवन माध्यामिक विद्यालयको मुल गेट अगाडी रहेको घर भत्किदा अन्दाजी ४२ वर्षिया दिपा चन्दको मृत्यु भएको हो । यस्तै अन्दाजी ४० वर्षिया विन्दु शाही र उनकी १२ बर्षिया छोरी मुना शाही घाईते भएका छन् । विन्दु सामान्य घाईते भएकी छन् भने उनकी छोरी मुनाको खुट्टा भाचिएको छ । मृतक दिपा र घाईते विन्दु दिदिवहीनी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख ईन्सपेक्टर एकिन्द्र वहादुर खड्काले बताउनु भयो । घाईते दुवै जनालाई राति नै उद्धार गरी थप उपचारका लागी नेपालगन्ज रेफर गरिएको छ । क्षतिको एकिन विवरण आई नसके पनी करिव १०÷१२ लाख भन्दा वढिको क्षति भएको जनाईएको छ ।