जनताको मन जित्ने खालका कामहरु गर्न जनप्रतिनीधहरुलाई अधिबक्ता दिनेश घलेको आग्रह ।।

खगेन्द्र राना मगर 
दैलेख भाद्र १६ ।
जनताको मौलीक अधिकारलाई प्राथामीकतामा राखेर समुदायको भाषीक, सास्कृतीक तथा पुरातात्वीक महत्वका कुराहरुलाई बिशेष जोड दिन एक कार्यक्रमका सहभागीहरुले जनप्रतिनीधीहरुलाई आग्रह गरेका छन । स्थानीय तह निर्वाचनमा निर्वाचीत आदीवासी जनजाती जनप्रतिनीधीहरुलाई शुभकामना तथा ‘‘आदीवासी अधिकार” सम्बन्धी दैलेखमा आज आयोजित अन्र्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो आग्रह गरेका हुन । 
 
कार्यक्रममा बोल्दै अधिबक्ता दिनेश घलेले बिगतका जनप्रतिनीधिहरुले जनताको सामु खाएका कसमहरु पनि अधुरै रहेको भन्दै अहिलेका जनप्रतिनीधिहरुलाई जनताको मन जित्ने खालका कामहरु गर्न सुझाव दिनुभयो । उहाले नेपालको संविधान २०७२ ले आदिवासी जनजातिहरुको हक अधिकारलाई पुर्णरुपमा सुनिश्चित गर्न नसकेको दाबी गर्दै केहि आंशिक रुपमा मात्र आदिवासीहरुका अधिकार लेखेकाले यस संविधानलाई संशोधन गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।  नेपाल सरकारले अझै सम्म आदिवासी जनजातीका मागहरुलाई सम्बोधन नगर्नु दुखद कुरा भएको बताउदै घलेले उत्पीडित वर्गका मागहरुलाई प्राथामीकतामा राखेर आगामी कार्यक्रमहरु ल्याउन जनप्रतिनीधीहरुलाई आग्रह गर्नुभयो ।
 
यस्तै कार्यक्रममा बोल्दै नेपालका आदीवासीहरुको मानव अधिकार सम्बन्धी वकील समुह (लाहुर्नीप) काठमाण्डौका अधिबक्ता दुर्गा याम्फुले समुदायका आवस्यक्ताहरुलाई पुरा गर्नका लागी सशक्त भएर लाग्नुपर्ने बताउनुभयो । उहाले निर्वाचित जनप्रतिनीधिहरु जुनसुकै पार्टीको भए पनि आदिवासी जनजातिको हकअधिकार सुनिश्चित गर्नको लागि सबै एक जुट हुनुपर्ने बताउनु भयो ।  आदीवासीहरुको अस्तीत्व तथा पहिचान गुम्न सक्ने भन्दै उहाले नयाँ योजनाहरु ल्याउने क्रममा महिला तथा उत्पीडित वर्गका मागहरुलाई समाबेश गर्न बिशेष जोड दिन जनप्रतिनीधीलाई सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै नौमुले गाउपालीकाका अध्यक्ष भदे बुढा (भवीराम) ले आदीवासी जनजातीका नैसर्गीक अधिकारहरुलाई समाबेश गरीने खालका योजनाहरु ल्याउनमा आफुहरुले बिशेष पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो । 
 
यसैबिच कार्यक्रममा स्थानीय तह निर्वाचनमा निर्वाचित भएका दैलेख जिल्लाका बिभीन्न गाउपालीका तथा नगरपालीकाहरुमा निर्वाचीत आदीवासी जनजाती समुदायका जनप्रतिनीधिहरुलाई सम्मान पनि गरिएको छ । स्थानीय तह निर्वाचनमा निर्वाचित भएका दैलेखका बिभीन्न गाउ तथा नगरपालीकाका, गाउपालीका प्रमुख, वडा अध्यक्ष, तथा सदस्यहरु गरि करिब ३६ जना बढी जनप्रतिनीधिहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
 
नेपाल आदीवासी जनजाती माहासंघ समन्वय परिषद दैलेखको आयोजनामा गरिएको शुभकामना तथा अन्र्तरक्रिया कार्यक्रममा जिल्लाका बिभीन्न क्षेत्रका आदीवासी अभियान्ता, बुद्धीजिवी लगाएतको सहभागीता रहेको थियो ।  कार्यक्रममा नारायण नगरपालीका वडा नं १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठ, नौमुले गाउपालीका ३ का वडा अध्यक्ष गगन बहादुर रोका, लगाएत बिभीन्न गाउपालीकाका वडा अध्यक्षहरुले पनि आफ्नो भनाई राख्नुभएको थियो । सर्वोच्च अदालतका अधिबक्ता दिनेश घलेको प्रमुख आतीत्थता तथा नेपाल आदीवासी जनजाती समन्वय परिषद दैलेखका अध्यक्ष लक्ष्मण गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकोे हो ।