मानव बेचविखन तथा ओसारपसार न्युनीकरणका लागी सबैले पहल गर्नुपर्ने सरोकारवालाहरु भनाई ।।

img1

 
खगेन्द्र राना मगर
२० भदौ दैलेख । 
मानव बेचविखन तथा ओसारपसार जस्ता कार्यलाई न्युनीकरण गर्नका लागी सबैले पहल गर्नुपर्ने दैलेखका सरोकारवालाहरुले बताएका छन । मानव बेचबिखन तथा ओसारपसार जस्ता जघन्य अपराधका घटनाहरुलाई कसैले पनि नलुकाई सम्बन्धीत निकायमा जानकारी गराउन आग्रह समेत गरिएको छ । मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको ११ औ राष्ट्रिय दिवसको अवसरमा आज रेडीयो ध्रुबतारा एफ एममा आयोजित एक परिसंवाद कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन । 
कार्यक्रममा बोल्दै दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप कुमार ढकालले मानव बेचविखन कानुन बिरुद्धको जघन्य अपराध भएको भन्दै  यस्ता घटना भए तत्कालै नजिकैको प्रहरी कार्यालयमा खबर गर्न, उजुरी दिन अथवा मानव बेचबीखनको बिरुद्धमा काम गर्ने संघ सस्थाहरुलाई जानकारी गराउन गर्न आग्रह गर्नुभयो । मानव बेचविखन तथा ओसारपसार दन्डनीय अपराध भएको तथा मानीसलाई जनावर सरी बेचबिखन गर्न नपाईने भन्दै उहाले यस्ता खाले घटनाहरु लुकाएर नराख्न आग्रह गर्नुभयो । सम्बन्ध बिछ्छेदका घटना तथा भड्कीलो जिवन शैली र अर्काको देखासिखी गर्ने जस्ता कार्यहरुले मानब बेचबिखन तथा ओसारपसारका घटनाहरु बढेको भन्दै यस्ता कार्यहरुलाई बन्द गर्नुपर्ने उहाले बताउनुभयो ।
सामाजीक सेवा केन्द्र सासेक दैलेखका कार्यक्रम संयोजक दुर्गा गिरीले हामी कस्तो बन्ने र हाम्रो समाजलाई कस्तो बनाउने भन्ने कुरालाई सबैले आ–आफ्नो स्थानबाट पहल गर्नु आवस्यक रहेको बताउनुभयो । उहाले रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपाएमा सबै लाग्नुपर्ने भन्दै आफ्नो घरपरिवार, छर छिमेक तथा बिद्यालयहरु लगाएत हरेक क्षेत्रमा मानव बेचबिखन हुन नदीनको लागी सबैले आ–आफ्नो स्तरबाट पहल गर्न आग्रह गर्नुभयो । मानव वेच बिखन तथा ओसारपसार जस्ता अमानवीय कार्य भएको पाईएमा दैलेखमा  महिला तथा बालबालीका कार्यालय र सामाजिक सेवा केन्द्र सोसेकको संयुक्त प्रयासमा स्थापाना भएको पैसा नलाग्ने बाल हेल्पलाईन नम्बर दश ९ आठ मा फोन गरी जानकारी गराउन समेत आग्रह गर्नुभयो । साथै उहाले यस्ता खाले क्रियाकलापहरुलाई अन्त्य गर्नका लागी सरकारी तथा गैरसरकारी क्षेत्रबाट पनि जनचेतनामुलक कुराहरुलाई बिशेष प्राथामीकताका साथ ल्याउनुपर्ने बताउनुभयो ।
यस्तै नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता रानाले पौष्टीक तत्वको कमीका कारण पनि मानीस तेजीलो दिमाग नहुनाले मानव बेचबिखन तथा ओसारपसार जस्ता कार्यमा प्रत्यक्ष असर पर्ने भन्दै स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ती तथा स्वास्थ्य सस्थाहरुले चेतनामुलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । उहाले कुनैपनि कुरालाई सानो करा सोच्दा त्यही कुरा भयानक रुप लिन सक्ने बन्दै यसलाइृ न्यूनीकरण गर्नका लागी सचेत भएर समाज सुधारको निमीत्त सक्रिय हुन आग्रह गर्नुभयो ।
मुख्यतया मानीस बेरोजगारी, अशिक्षा, चेतनाको कमी जस्ता कारण मानब बेचबिखनको सिकार बन्न पुगेका छन । मानव बेचबिखन अन्तराष्ट्रिय स्तरमै भयावह रुपमा बढ्दो क्रममा छ । दैलेख जिल्लामा पनि मानव बेचबिखनका घटनाहरु भैरहेको छन तर बिकराल रुपमा भने देखीएको छैन । त्यसोत अन्य जिल्लाहरुको तुलनामा दैलेख जिल्लामा मानब बेचबिखनका घटनाहरु कम मात्रामा हुने गरेको पाईन्छ ।   
मानब बेचबिखन बिरुद्धको ऐनमा कसुरको मात्राअनुसार कुनै प्रकारको फाईदा लिई अथावा नलीई बेश्याबृद्धीमा लगाएको पाईएमा १० देखी १५ बर्षसम्मको कैद र ५० हजार देखी १ लाख रुपैयासम्म जरीवाना गर्ने कानुनी प्रावधान रहेको छ । यस्तै प्रचलीत कानुन बमोजीम बाहेकका मानीसको कुनै पनि अङ्ग झिक्ने बेच्ने गरेको पाईएमा १० बर्ष कैद र २ लाख देखी ५ लाख रुपैयासम्म जरिवाना गर्ने कानुनमा तोकीएको छ । यस्तै मानीसहरुलाई ललाईफकाई गरि बिभीन्न प्रलोभन देखाएर  किन्ने अथवा बेच्ने बेश्याबृद्धीमा लागाउने जस्ता कार्य गरेमा १ महिनादेखी तिन महिना सम्म कैद र २ हजार देखी ५ हजार रुपैयासम्मको जरीवानाको व्यवस्था कानुनमा रहेका छ । किन्ने वा बेच्ने बेश्याबृद्धीमा लगाउने उद्येश्यले बालबालीकाहरुलाई लगेको पाईएमा १५ देखी २० बर्षसम्म कैद र १ लाख देखी २ लाख रुपैयासम्म जरीवाना कानुनी प्रावधानमा रहेको छ । 
महिला तथा बालबालीका कार्यालय दैलेखको आयोजना तथा सामाजिक सेवा केन्द्र सोसेक दैलेखको सहजिकरण एवम जिल्ला समन्वय समिती दैलेख लगाएत मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी काम गर्ने बिभीन्न संघसस्थाहरुको आर्थीक सहयोगमा कार्यक्रम गरिएको हो । 
‘‘अबको गन्तव्य, मानव बेचबिखनको अन्त्य” भन्ने नारासहित आयोजित परिसंवाद कार्यक्रम दैलेखका ३ वटा सामुदायीक रेडीयोहरु रेडीयो ध्रबतारा एफएम, ज्वाला एफएम र दुल्लु एफएमबाट प्रत्यक्ष प्रसारण समेत भएको थियो ।