दैलेखका बिद्यालयहरुलाई मर्च गर्न तथा शिक्षक दरबन्दी मिलान गर्न बिशेष पहल गरिने ।।

img1

दैलेख, भाद्र २१ ।
दैलेख जिल्लाका बिद्यालयहरुलाई मर्च अर्थात (विद्यालय मिलान) गर्न तथा शिक्षक दरबन्दी मिलान गर्न बिशेष पहल गरिने भएको छ । दैलेखमा भर्खरै सरुवा भएर आउनुभएका जिल्ला शिक्षा अधिकारी र दैलेखका सन्चारकर्मीहरुबिच आज भएको एक परिचयात्मक कार्यक्रममा यस्तो पहल थालीने बताईएको हो ।  कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी पुर्णप्रसाद रिजालले स्पष्ट मापदण्ड बनाई तह अनुसार दरबन्दी बढी भएका बिद्यालयबाट कम भएका बिद्यालयमा स्थानान्तरण गर्दै  शिक्षक दरबन्दी मिलान गर्न बिशेष पहल गरिने जानकारी दिनुभएको हो । यस्तै जिल्लामा शिक्षाको गुणस्तर सुधारको लागी दैलेखका गाउ तथा नगरपालीकाका जनप्रतिनीधिहरुसंग अन्र्तरक्रिया तथा छलफल गरि आगाढी बढ्ने पनि जिल्ला शिक्षा अधिकारी रिजालले जानकारी दिनुभयो । रिजालले दैलेखका गाउ–गाउमा रहेका बिद्यालयहरुमा गुणस्तरीय शिक्षा कायम गर्न शिक्षक, बुद्धीजिवी, अभिभाबक लगाएत सबैको महत्वपुर्ण भुमिका रहेको भन्दै शिक्षाको गुणस्तर बढाउनका लागी सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार माहासंघ दैलेखका अध्यक्ष चक्र केसीले जिल्ला शिक्षा कार्यालयमा हुने कुनैपनि सुचनाहरुलाई नलुकाई सन्चारकर्मीहरुलाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।दैलेख जिल्लाका सारेकारवाला निकायहरुसंग समन्वय तथा सहकार्य गर्दै बिद्यालय सरसफाई अभियानलाई प्राथामिकतामा राखेर पठनपाठनका लागी उपयुक्त वातावरण सिर्जन गर्नुपर्ने आवस्यकता रहेको पनि अध्यक्ष केसीले बताउनुभयो । गुणस्तरीय शिक्षा कायम गर्नको लागी जिल्ला शिक्षा कार्यालयसंग हदैसम्मको लचकता अपनाए आफुहरु सहकार्य गर्न तयार रहेको पत्रकार माहासंघ दैलेखका अध्यक्ष चक्र केसीले बताउनुभयो । छलफलबाट जिल्ला शिक्षा कार्यालयले गर्ने सम्पुर्ण कार्यक्रमहरुलाई जिल्लामा क्रियाशिल पत्रकार तथा सन्चारमाध्यमहरुसंगको सहकार्य र समन्वयलाई अझै प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ ।  जिल्ला शिक्षा कार्यालयबाट हुने कार्यक्रम तथा गतिबिधीसंग सम्बन्धीत सुचनाहरु जतिसक्दो चाडो सन्चारमाध्यमलाई उपलब्ध गराउनुपर्ने आवस्यकता रहेको भन्दै यस्ता सुचनाहरु जानकारी गराउनको लागी जिल्ला शिक्षा कार्यालय दैलेखलाई सन्चारकर्मीहरुले आग्रह गरेका थिए ।