दैलेख पहिचान साप्ताहीक खबर पत्रिकाको बिमोचन ।।

img1

ध्रुबतारा संबाददाता  
दैलेख अजोज ३ ।
दैलेख पहिचान राष्ट्रिय साप्ताहीक खबर पत्रिकाको आज बिमोचन गरिएको छ ।  ‘‘स्वतन्त्र बिचार, सत्य तथ्य, निष्पक्ष समाचार, दैलेखी आदीवासी जनजातीहरुको पहिचानको आधार” भन्ने नारासहित आजैदेखी दैलेखबाट प्रकाशनमा आएको पत्रिकाको आज एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको हो ।  पत्रिकाको नेपाल पत्रकार माहासंघ जिल्ला शाखा दैलेखका उपाध्यक्ष कृष्ण देवकोटाले बिमोचन गर्नुभएको छ । पत्रिकाको बिमोचन पश्चात कार्यक्रममा बोल्दै नेपाल पत्रकार माहासंघ दैलेखका उपाध्यक्ष कृष्ण देवकोटाले पत्रकारीता जगतको चुनौतीलाई सामना गर्दै सुशासन र परिवर्तनको सम्बाहकका रुपमा अगाडी बढ्न सफलताको शुभकामना दिनुभयो । बिमोचन कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका देवकोटाले पत्रिकामा सबैको आफ्नो र प्यारो बन्ने खालका सामाग्रहिरुलाई सम्प्रेषण गर्दै सत्य, तथ्य कुराहरुलाई समाबेश गराउन सुझाब पनि दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नबिन रिजालले भ्रष्ट्राचारी, कालोबजारी जस्ता कार्यलाई खबरदारी गर्दै बिकास निर्माणका कुराहरुमा समेत जोड दिनुपर्ने बताउनुभयो । साझा प्रतिबिम्ब साप्ताहीकका प्रकासक एवमं उद्योग वाणीज्य संघका उद्योग उपाध्यक्ष कबिराज खत्रीले दैलेखका सामाजिक, सास्कृतीक तथा धार्मीक महत्वका कुराहरुलाई पत्रीकामा समाबेश गरि प्रकाशन गर्न सुझाव दिनुभयो । उद्योग वाणीज्य संघ दैलेखका वाणीज्य उपाध्यक्ष कुल बहादुर बिकले जिल्लामा अझैपनि बिबीध कुराहरुमा गरिने बिभेदहरु कायमै रहेको भन्दै त्यस्ता कुराहरुको अन्त्य गर्नका लागी पनि बिशेष जोड दिएर समाचार सम्प्रेषण गर्न सुझाब दिनुभएको थियो । बेलाशपुर राष्ट्रिय साप्ताहीक खबर पत्रिकाका प्रकाशक÷सम्पादक बिशाल सुनारले दैलेखका एैतीहासीक कुराहरुलाइृ पत्रीकामा समाबेश गर्दै जान सुझाब दिदै निरन्तर प्रकाशनका लागी शुभकामना दिनुभएको थियो । यस्तै दैलेख पहिचान साप्ताहीकका सम्पादक अन्जु रानामगरले पत्रिकामा दैलेखको पहिचान, सस्कृती र परम्परागत कुराहरुलाई बिशेष प्राथामीकतामा राखेर आफुहरु अगाडी बढ्ने बताउदै सबै सन्चारकर्मी, सरोकारवालाहरुलाई सहकार्य र समन्वय र सहयोगको लागी पनि अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल आदीवासी जनजाती माहासंघ नारायण नगर समन्वय परिषद दैलेखका अध्यक्ष लाल बहादुर गूरुङ, नेकपा माओबादी केन्द्रका ईन्चार्ज प्रेम बहादुर कटुवाल क्षेत्री, आदीवासी जनजाती माहासंघ नारायण नगर समन्वय परिषदका कानुनी सल्लाहाकार सर्बराज जोशी, नेपाल मगर संघ दैलेखका सल्लाहाकार संयोजक श्याम राना, सामुदायीक बिकास कार्यक्रमका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ लगाएतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाल पत्रकार माहासंघ जिल्ला शाखा दैलेखका उपाध्यक्ष कृष्ण देवकोको प्रमुख आतीथ्यतामा भएको कार्यक्रम दैलेख पहिचान राष्ट्रिय साप्ताहीक खबर पत्रिकाका सम्पादक अन्जु रानामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।