वालकको उद्धारपश्चात अभिभावकको जिम्मा लगाईयो ।।

img1


ध्रुबतारा  संबाददाता
दैलेख असोज ३ ।
जुम्लाको एक होटेलमा काम गर्दै आईरहेका एक १३ बर्षीय बालकलाई उद्धार गरी आज आफन्तको जिम्मा लगाईएको छ । आफ्नो नाम बिशाल केसी बताउदै आईरहेका अछामको पन्चदेवल नगरपालीका वडा नम्बर ५ का मंगल भुलको उद्धार गरी आज एक कार्यक्रमका बिच आफन्तलाई बुझाईएको हो । उद्धार गरएका बालक  बिगत २ महिनादेखी जुम्लाको चन्दननाथ नगरपालिका वडा नं ४ मा रहेको जेनी एण्ड जेस्मिन होटलमा दुई महिला देखि बालश्रमको रुपमा काम गर्दै आइरहेका थिए । बालकलाई सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखले उद्धार गरेको हो । उद्धार गरि ल्याइएका बालकको जिल्ला बाल कल्याण समिति दैलेख र सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखले परिवारको जिम्मा लगाएको छ । ंआज आयोजित बेबारिसे अलपत्र तथा बालश्रमिकको रुपमा रहेका बालबालिकाहरुको उद्धार गरि पारिवारिक पुर्नमिलन तथा हस्तान्तरण कार्यक्रममा उद्धार गरिएका बालकलाई बालकका दाई तुलाराम भुलको जिम्मा लगाइएको हो ।  वालकलाई जुम्लामा उद्धार गर्न ९ दिन लागेको सोसेकका महासचिव नैन वहादुर शाहीले वताउनुभयो  । बालक हस्तान्तरण कार्यक्रममा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बेबारिसे तथा बालश्रमिकको रुपमा विभिन्न होटेल तथा उद्योगमा काम गरिरहेका बालबालिकाहरुको उद्धार गरि सामासजि सेवा केन्द्र सोसेकले पंशसनिय कार्य गरेको बताउनुभयो  । सामाजिक सेवा केन्द्र सोसेक अन्तरगत महिला तथा वालवालिका केन्द्रमा अन्य २ जनाबालकको उद्धार गरि राखिएको छ । मुगुको राराछाँयानाथ नगरपालिकाका नविन खड्का र नन्दराज खड्कालाई उद्धार गरि राखिएको छ । उनिहरुका अभिभावकको खोजीकार्य भइरहेकाले परिवार संग सम्पर्क भएलगत्तै बालकहरुलाई जिल्मा लगाइने सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिनुभएको छ । यस्तै दैलेखको गुरास गाउँपालिका वडा नं ५ का सन्तोष विकलाई सोसेक अन्तरगतको महिला तथा वालवालिका केन्द्रमा राखि सनराज बोडिंग स्कुलमा पढिरहेका छन । सामाजिक सेवा केन्द्र सोेसेक दैलेखले हाल सम्म ५५ जना बालकको उद्धार गरि सकेको छ । बालश्रमिक बसेका तथा बेबारिसे अवस्थामा उद्धार गरिएका बालक मध्ये ४ जना बालकलाई भारतबाट उद्धार गरि ल्याइएको हो ।