नौमुले गाउपालीका सल्लेरीका १३ बर्षीया रुपेश चन्द बने पहिलो दैलेख आईडल ।।

img1

ध्रुबतारा संवाददाता 
दैलेख, कात्र्तीक १७ ।
‘‘दैलेख र दैलेखीको सान, गाएन प्रतिभाको खोजी अभियान” भन्ने नारासहित सन्चालन भएको दैलेख आईडलको उत्कृष्ट १ मा पर्दै सल्लेरीका १३ बर्षीय रुपेश चन्द पहिलो दैलेख आईडल बन्नुभएको छ ।  दैलेखको नौमुले गाउपालीका सल्लेरीका रुपेश कुल ३ हजार ४ सय ७१ मत प्राप्त गर्दै दैलेखको पहिलो दैलेख आईडल बन्न सफल हुनुभएको हो । शुक्रबार दैलेख सदरमुकामको स्थानिय खुल्ला मन्च टुडीखेलमा आयोजित एक भव्य सांगितीक कार्यक्रमका बिच रुपेश चन्दलाई दैलेखको पहिलो दैलेख आईडल भएको घोष्ण गरिएको हो । आईडलका उत्कृष्ट ५ प्रतिस्पर्धीहरुमध्ये ४ जना प्रतिस्पर्धीहरुको सहभागीता रहेको दैलेख आईडलको फाईनल कार्यक्रममा माहाबु गाउपालीका २ बडाखोलाका कमल खत्री १ हजार २ सय ७३ मत प्राप्त गर्दै दोश्रो हुनुभएको छ । 
यस्तै नारायण नगपालीकाका १ का महेन्द्र बिक ९ सय ६९ मत प्राप्त गर्दै तेश्रो हुनुभएको छ भने दुल्लु नगरपालीका मालिकाकी पवन कुमारी भण्डारीे ५ सय ६९ मत प्राप्त गर्दै चौथो स्थानमा समेटीनुभएको छ । गाएन प्रतिभाको खोजी अभियान अन्र्तरगत रेडीयो ध्रुबतारा सामुदायीक एफएम ८९.८ मेगाहर्ज दैलेखको आयोजनामा सन्चालन गरिएको दैलेख आईडलको शुक्रबार समापन गरिएको हो । झण्डै ८० बढी प्रतिस्पर्धीहरु बिचबाट छनोट भएका उत्कृष्ट ५ प्रतिस्प्रधीहरुलाई दैलेख आईडलको तेश्रो अडिसन पश्चात जनताको भोटमार्फत फाईनल घोषण गर्ने निर्णय गरिएको थियो । पहिलो दैलेख आईडल बन्न सफल १३ बर्षीया रुपेश चन्दलाई एक थान ल्याप्टप कम्प्युटर सहित नगर रु. ५ हजार पुरस्कार स्वरुप प्रदान पनि गरिएको छ । यस्तै दैलेख आईडलबाट दोश्रो, तेश्रो र शान्तवना स्थान हासील गर्न सफल प्रतिस्पर्धीहरुलाई पनि पुरस्कार प्रदान गरीएको छ । आईडल समापन कार्यक्रममा बोल्दै दैलेख आईडलका संयोजक अबिशेक अनुरागले अबसरको अभावमा लुकेर रहेका प्रतिभालाई दैलेख आईडलले टेवा पू¥याएको बताउँदै आफूलाई यस्ता कार्यक्रमले थप उर्जा प्रदान गर्ने गरेको बताउनुभयो । साँगितिक अभियानले जिल्लाका दुर्गम स्थानमा लुकेर रहेको प्रतिभालाई चिनाउने अभियानमा पुर्णरुपमा सहयोग गुग्ने अपेक्षासहित दैलेख आईडलको आयोजना गरिएको थियो । कलाकर्मीको विकास र सम्बृद्धिका लागी टेवा पुग्ने उद्येश्यसहित दैलेख आईडलको आयोजना गरिएको र दैलेख आईडलले सांगीतीक क्षेत्रमा उदाउन लागेका नव प्रतिभाहरुलाई उजागर गर्न बिशेष टेवा पुग्ने रेडीयो ध्रुबतारा एफएमका स्टेशन म्यानेजर तथा सामुदायीक रेडीयो प्रसारक संघ प्रदेश नं ६ का सचिब चक्र केसीले बताउनुभयो ।
यसैबिच कार्यक्रममा बोल्दै ध्रुबतारा संचार सहकारी सस्था लीमिटेड दैलेखका अध्यक्ष डम्बर खड्का (होलीडेले) आईडलमा उत्कृष्ट हुने तथा अन्य सहभागी सम्पुर्ण प्रतिस्पर्धीहरुको उज्वल भवीस्यको कामना व्यक्त गर्नुभएको छ । अध्यक्ष खड्काले दैलेखमा लुकेर रहेका प्रतिभाहरुको उजागर गर्ने यो अभियानमा साथ समर्थन जनाउने सबैप्रति कृतज्ञता व्यक्त पनि गर्नुभएको थियो । यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी विस्वराज न्यौपानेले स्थानिय कला तथा सस्कृती उजागर गर्नका लागी आयोजना गरिएको दैलेख आईडलले दुर दराजका बस्तीमा रहेका कला सस्कृतीलाई उजागर गर्न बिशेष टेवा पुगेको बताउनू भएको छ । स्थानीय स्तरमा पनि थुप्रै प्रतिभाशाली व्यक्ती भएर पनि अवसरको अभावमा ओझेलमा परेका प्रतिभाहरुलाई दैलेख आईडल जस्ता कार्यक्रमहरुले स्थान दिएर उचित स्थानमा पुराउनु प्रसंशनिका कार्य भएको पनि प्रमुख जिल्ल अिधकारी न्यौपानेको भनाई थियो । आईडल बन्न सफल तथा आईडलमा सहभागी अन्य प्रतिस्पर्धीहरुलाई बधाई तथा सफल सांगीतिक यात्राको शुभकामना दिदै उहाले स्थानिय स्तरका मौलीक परम्परागत कुराहरुलाई समाबेश गरी गित संगितको माध्यमबाट समाजमा उतानुपर्नेमा उहाले जोड दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक (डीएसपी) सरोज पौड्याल, उद्योग वाण्ीज्य संघ दैलेखका वाणीज्य उपाध्यक्ष कुल बहादुर बिक, माहासचिब नरेन्द्र थापा, दैलेख आईडलका निर्णयक सुवास गौतम लगाएतले पनि प्रतिस्पर्धीहरुलाई सांगीतिक यात्रामा उज्वल भबिस्यको शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रममा दैलेख आईडल सफल पार्न सहयोग गर्ने सहयोगिहरु, कार्यक्रमका मुख्य प्रायोजक, पुरस्कार प्रायोज तथा अन्य बिभीन्न क्षेत्रबाट सहयोग गर्ने उद्योगी, व्यापारी लगाएतका सहभागीहरुलाई सम्मान पनि गरिएको थियो ।