निर्वाचन र सञ्चार विषयक एक दिने प्रशिक्षण कार्यक्रम दैलेखमा सम्पन्न ।।

img1

धू्रबतारा संवाददाता
१९ कात्र्तीक दैलेख ।
आगामी मंसिर २१ गते हुन गैरहेको प्रदेश र प्रतिनीधि सभाको निर्वाचनलाई मध्येनजर गदै   दैलेखका पत्रकारहरुलाई निर्वाचन र सञ्चार विषयक एक दिने प्रशिक्षण कार्यक्रम आज दैलेखमा सम्पन्न भएको छ । मंसिर २१ गते हुन लागेको दोश्रो चरणको निर्वाचनलाई केन्द्रीत गरी जिल्ला निर्वाचन कार्यालय दैलेखको आयोजनामा आज दैलेख सदरमुकाममा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल पत्रकार माहासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसीले स्वतन्त्र, र निष्पक्ष रुपमा निर्वाचनका गतिबिधीहरुलाई सन्चारमाध्यममा सम्प्रेषण गर्न सबै सन्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ । अध्यक्ष केसीले समाजमा शान्तीपुर्ण वातावरण कायम गर्न संचार जगतकोे भूमिका महत्वपूर्ण भएकाले सोही अनुरुपको समाचार, सूचना प्रसारण गर्न बिशेष आग्रह पनि गर्नुभयो । प्रशिक्षण कार्यक्रममा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी विस्वराज न्यौपानेले सामाजिक उत्तरदायित्वमा आधारित पेशा पत्रकारिता पेशा भएकोले निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने समाचार तथा सूचना प्रसारण गर्न आम सञ्चारमाध्यमहरुलाई विशेष अनुरोध गर्नुभएको छ । उहाले राज्यको चौथो अङ्ग पत्रकारिता भएको भन्दै हरेक निकायको क्रियाकलापहरुलाई जस्ताको त्यस्तै जनतासम्म पु¥याउन सञ्चारमाध्यमको भूमिकालाई पारदर्शी, निश्पक्ष आचार संहितालाई आत्मसात गर्दै अगाढी बढ्न सन्चारकर्मीहरुलाई सुझाव समेत दिनुभयो । प्रमुख जिल्ला अधिकारी न्यौपानेले निर्वाचनको समयमा सम्बन्धित निकायबाट जिल्लाका सञ्चारमाध्यमहरुलाई आवश्यक पर्ने सुचना प्रदान गर्ने  कुरामा आफुले पनि बिशेष पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन अधिकृत भक्त बहादुर कार्कीले नेपालको संविधान कार्यान्वयनको महान अभियान प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनको समयमा आम मतदाताहरुलाई सचेत गर्ने माध्यमको रुपमा सन्चारमाध्यमहरुको भुमिका अपरिहार्य रहेको बताउनुभयो । निर्वाचनको समयमा कुनै विशेष पार्टीको कुरालाई प्राथमिकता दिनुभन्दा पनि मतदाता सहभागिता, बदर मत न्यूनकरण गर्न सञ्चारमाध्यमहरुले भुमिका खेल्नुपर्ने उहाले बताउनुभयो । दैलेख जिल्लामा क्रियाशिल सन्चार माध्यममा कार्यरत पत्रकारहरुको उल्लेखनीय सहभागीता रहेको कार्यक्रममा सञ्चारका माध्यम, प्रचार–प्रसारण सञ्चार माध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचारणहरु जस्ता  महत्वपूर्ण विषय बस्तुमा छलफल गरिएको थियो ।