बिशाल र तुल्सीले गाए ‘‘माया देउन प्लीज” भिडीयोसहित बजारमा सार्बजनीक ।।

img1

खगेन्द्र राना मगर 
२० कात्र्तीक, दैलेख ।
दैलेखी श्रष्ठा बिशाल स्वनीको नयाँ लोक तथा दोहोरी गित ‘‘माया देउन प्लीज” भिडीयो सहित बजारमा सार्वजनिक भएको छ । स्ट्यान्डर म्युजीक कम्पनिमार्फत यहि कात्र्तीक १७ गते शुक्रबार बजारमा सार्बजनीक भएको उक्त गित माया र प्रेममा बिशेष आधारीत लोक तथा दोहोरी गित हो । दैलेखको दुल्लु नगरपालीका ४ का श्रष्ठा बिशाल स्वनीकोे तेश्रो सांगीतिक कोशेली समेत रहेको लोक तथा दोहोरी गित माया देउन प्लीजमा स्वर बिशाल स्वनी र तुल्सी घर्तीमगरले दिएका छन । यस्तै गितमा अभिनय हिक्मत स्वनी र चित्रा पुनको रहेको छ ।  
‘‘माया देउन प्लीज” लोक तथा दोहोरी गितमा शब्द श्रृजना बिशाल स्वनी आफैले गरेका हुन भने लय श्रृजना गाईका मनकुमारी सुनार र सिमा सुनारको  रहेको छ । गितमा एक अर्काप्रतिको माया झन–झन बढ्दै जादा एक अर्कालाई पाउन के गर्ने अर्थात कसरी माया प्रेमलाई अझै प्रघाट बनाउने भन्ने जस्ता कुराहरुलाई समाबेश गरीएको छ । गितको पहिलो हरफमा नै भनीएको छ, ‘‘तिम्रो माया बढ्दै छ झन, तिमलाई पाउन के गरु लौ भन, माया देउन प्लीज–एसपाली लभ गरी अर्को साल घोर्ले छोरो पाई तिम्रो मेरो मायाको गरीदेउ न रीलीज” । 
पछिल्लो समय आधुनीक जमाना संगै बदलीएको माया प्रेम गर्ने तरीका र जोडीने सम्बन्धहरुलाई कल्पना गर्दै यतार्थतालाई आफुले यो गितमा समाबेश गर्ने प्रयास गरेको गितका रचनाकार तथा गाएक बिशाल स्वनीको भनाई छ । गाउ बस्ती र समाजमा देखीने, हुने गरेका प्रेम काहानीहरुलाई केही हदसम्म भएपनि  गितमा समाबेश गरेर बजारमा उक्त गित सार्वजनीक गरेको गाएक बिशालले बताए । 
यसअघी पनि केही लोक तथा दोहोरी गितहरुमा स्वर दिईसकेका गाएक बिशाल स्वनीले यसपाली भने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहीनिहरुलाई माया देउन प्लीज गितबाट नचाउने प्रयास गरेका छन । सुन्दा नाचौ नाचौ लाग्ने अनी प्रेमी र प्रेमीकाबिचको जिवन भोगाईहरुलाई हास्यात्मक तरीकाले समाबेश गरिएको यो गित सार्वजनीक भैसकेपछि दर्शक तथा श्रोताहरुबाट पनि राम्रै सुझाबहरु पाईरहेको गितका श्रर्जक बिशालले बताए । 
उनले भर्खरै सार्बजनीक भएको आफ्नो यो तेश्रो सांगितीक कोशेली ‘‘माया देउन प्लीज” गितलाई सुनेर अर्थात भिडीयो हेरेर सल्लाहा तथा सुझाब दिन सबै दर्शक तथा श्रोताहरुलाई अपील पनि गरेका छन ।  नेपाली सांगितीक दुनीयामा आफु भर्खरै पलाउदै गरेको पालुवा भएको बताउदै बिशालले आफुनो सांगीतिक यात्रालाई अझै निरन्तरता दिनका लागी सम्पुर्ण श्रोता, शुभेच्छूक तथा अग्रजहरुको माया, साथ, समर्थन र सुझाबको पनि अपेक्षा गरेको बताएका छन ।