दैलेखका ३६ वटा मतदान केन्द्र सम्बेदनशिल ।।

कार्तिक २० दैलेख
दैलेखका ३६ वटा मतदान केन्द्रहरु सुरक्षाको दृष्टिले सम्बेदनशिल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दैलेखमा १९६ मतदान केन्द्र रहेका छन् तिमध्य ३६ वटा सुरक्षाको दृष्टिले सम्बेदनशिलको सुचिमा राखिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सरोज पौडेले बताउनुभयो । उहाले विशेष गरेर सम्बेदनशिल केन्द्रहरु क्षेत्र नम्बर २ मा रहेको भन्दै ति क्षेत्रहरुको सुरक्षाको लागि आफुहरुले तयारी तिव्र बनाएको बताउनुभयो । दैलेखमा दोश्रो चरणअन्तरगत मंसिर २१ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुदैछ ।