सामाजिक सञ्जालमा देखिएको ‘चुनाव’

काठमाडौं, कात्तिक २३ – प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जाल पनि चुनावी सामाग्रीले रंगिएको छ । राजनीतिक दल, तिनका भातृ संगठन, कार्यकता, उम्मेदवार र उम्मेदवारका आफन्त, शुभचिन्तक सामाजिक सञ्जालमार्फत चुनावमा होमिएका छन् ।
मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेसशभाको चुनावमा उम्मेदवार र उनका आफन्त समर्थकले गर्दा फेसबुक, ट्वीटर, युट्युव, भाइबर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा चुनावको व्यापक प्रचार प्रसार भएको छ  । 
कहिलेकाँही आक्कल झुक्कल सामाजिक सञ्जाल चलाउने र आफ्ना गतिविधि सार्वजनिक गर्ने नेता कार्यकर्ताहरु अहिले नियमित चुनावी अपडेट गर्न अव्यस्थ छन् । सामाजिक सञ्जालमा आफू र आफ्नो पार्टीले गरेका राम्रा कामको प्रचार प्रसार गरेर भोट तान्ने दाउमा लागेका उम्मेदवार र उनका शुभभिन्तकहरु ।
केही समय अघिसम्म परम्परागत शैलीमा चुनावी प्रचार प्रसार गरेता पनि पछिल्लो समय सामाजिक सञ्जाल केन्द्रित प्रचार प्रसार व्यापक भएको छ । 
चुनावलाई लक्षित गर्दै उम्मेदवारहरुले धमाधम फेसबुक पेजहरु खोल्न र लाइक बढाउन थालेका छन् । राजनीतिक दलहरुले पनि चुनाव लक्षित गर्दै आफ्नो फेसबुक पेजमा चुनावी गीत, भिडियो, घोषणापत्रलगायत प्रचार प्रसारका सामाग्री धमाधम राख्न थालेका छन् । 
राजनीतिक दलका उम्मेदवारहरुले आफ्नो चुनाव चिन्हलाई फोटोसँग जोडेर मत माग्न व्यवस्थ छन् । छोटा छोटा भिडियो उम्मेदवार आफैंले बनाएर सामाजिक सञ्जालमा अपलोड गर्दै भोट माग्नेको जमात पनि ठूलै छ । 
अघिल्ला वर्षहको चुनावमा राजनीतिक दलहरूले घोषणापत्र छापेर, पर्चा पम्प्लेट टाँसेर भोट माग्थे । तर यसपाली घोषणापत्र सार्वजनिक हुनुभन्दा पहिला नै आफ्नो चुनावी धारणा, सवकासका योजना सामाजिक सञ्जालमार्फत व्यक्त गरेर भोट मागेका छन् । विभिन्न ट्रोलहरुले पनि समाजिक सञ्जाल व्याप्त छ । फलानो जिताऔं अभियान लेखिएका फेसबुक पेजको पनि खहरे बाढी आएको छ । 
सामाजिक सञ्जालमा उम्मेदवार र  दलको सैद्धान्तिक व्याख्या गर्ने, भोट माग्ने, गालीगलौज गर्ने किसिमका स्टाट्यास तथा तस्बिर व्यापक रूपमा पोस्ट भएको देखिन थालेको छ । चुनावी एजेन्डा, पार्टीको रणनीति, देशको अवस्था, नागरिकको अपेक्षालाई केन्द्रित गर्दै भोट मागिरहेका छन् ।
सामाजिक सञ्जालमा देखिएका चुनावी प्रचार प्रसारका केही उदाहरण यस्ता छन् स्
नेपाली कांग्रेस
नेपाली कांग्रेसले आफ्नो फेसबुक पेजमार्फत चुनाव प्रचारप्रसारलाई व्यापक गरेको छ । फेसबुक पेजमा चुनावी गीत, भिडियोलगायतका सामाग्री राख्दै कांग्रेसले भोट मागेको छ । 
कांग्रेस आधिकारिक वेभसाइडमा १ लाख २६ हजार लाइक छ । स्थानीय तहसम्म यसको लाइक १ लाख १२ हजार थियो । चुनावी प्रचार प्रसारलाई व्ययापक गर्दै कांग्रेसले आफ्नो वेभ साइडको लाइक नि बढाउँदै लगेको छ । कांग्रेले सञ्चार विभागको जिम्मा नेता रमेश लेखकलाई दिएको छ भने फेसबुकर ट्वीटरको जिम्मा सुवास अधिकारीलाई दिइएको छ ।
कांग्रेसले चुनावलाई लक्षित गरेर स्थानीय तहको चुनाव भन्दा केही समय अघि मात्रै यो पेजलाई आधिकारिक रुपमा राखेको छ । वेभसाइडमा घोषणापत्र, उम्मेदवारको सूचि समावेश गरिएको छ ।