भारतको मुम्वईमा एक नेपाली युवाको मृत्यू ।।

img1

 
दैलेख, कात्र्तीक २५ ।
कामको शिलशिलामा भारतको मुम्बईमा रहेका एक नेपाली युवाको मोटरसाईकल दुर्घनामा परि मृत्यू भएको छ । भारतको मुम्बईस्थित मनखोलीबाट आफन्तको मा जाने क्रममा मोटरसाईकल दुर्घना हुदा दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालीका वडा नम्बर ३ का २२ बर्षीय उपेन्द्र बिकको मृत्यू भएको हो । शनिबार बिहान भएको उक्त दुर्घटनामा परि अर्का एकजना घाईते भएका छन । घाईते हुनेमा चामुण्डा बिन्द्रासैनि नगरपालीका ३ कै टोपेन्द्र बिक रहेको र उनको अवस्था पनि गम्भीर रहेको उनका आफन्त भगेन्द्र बिस्वकर्माले जनाएका छन । मृतक उपेन्द्र र घाईते भएको टोपेन्द्र दुवै जना भारतको मुम्बईस्थित एक होटेलमा कार्यरत थिए ।