मंसीर १० र २१ को निर्वाचन पछि पाटी एकता हुने एमाले अध्यक्ष ओलीको भनाई ।।

img1

खगेन्द्र राना मगर 
दैलेख मंसीर ७ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर १० र २१ गतेको आसन्न निर्वाचन पछि एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताउनुभएको छ । पुर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले देशलाई एकता, राष्ट्रिय स्वाभीमान, लोकतन्त्र र बिकासको बाटोमा अगाडी बढाउन एमाले र माओबादी केन्द्रले एकता गरेर अगाडी बढ्ने फैसला गरेको बताउनुभएको छ । 
 
एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनले आज सदरमुकाम दैलेखमा आयोजना गरेको बिशाल जनसाभालाई सम्बोधन गर्दै ओलीले संयुक्त गठबन्धनले लोकतान्त्रीक पक्रियाबाट जनताको अधिकार तथा लोकतन्त्रको रक्षा गर्दै बिकासको कामलाई अगाढी बढाउने कुरामा द्धृढ संकल्पीत भएर अगाढी बढीरहेको बताउनुभएको हो । ओलीले मंसीर १० र २१ गतेको चुनावपछि बामगठबन्धनले २ तिहाई बहुमत हासील गर्ने दावी गर्र्दै बहुमतको सरकारले देश बिकासका लागी ठोस निती र योजनाहरु अगाडी सारीसकेको बताउनुभयो ।
 
अध्यक्ष ओलील दैलेखको श्रीस्थानमा पेट्रोलीयम पदार्थको सम्भावना रहेको बताउदै यहा रहेको पेट्रोलीयम पदार्थलाई छिट्टै नै उत्खनन गरेर समग्र दैलेखसंगै नेपाललाई नै धनी बनाउन सकीने र नेपाल पानीको मात्रै नभई पेट्रोलीयम पदार्थको पनि धनी देश बन्ने ठोकुवा गर्नुभयो । सुर्खेत दैलेख हुदै जुम्ला जाने सडक स्तर उन्नती हुनुपर्ने धारण राख्दै नेपाली जनताको सुरक्षा सुरक्षीत यात्रा र राम्रा बाटोघाटोहरु आफुना प्रतिबद्धता रहेको समेत उहाको भनाई थियो ।
 
दैलेखको दुल्लु सिजा सभ्यताको एउटा महत्वपुर्ण  ठाउ भएको बताउदै यी महत्वपुर्ण ठाउहरुले नेपालको ईतिहास, नेपालको गौरब तथा नेपालीपन लाई एैतिहासिक रुपमा चिनाएको अध्यक्ष ओलीले बताउनुभयो ।
दैलेखलाई पर्यटकीय गन्तव्य , एैतिहासिक थलो तथा पेट्रोलीयम खानी भएको खानीमय ठाउको रुपमा बिकास गर्ने ओलीले आस्वासन दिलाउनुभयो ।
 
मंसीर १० र २१ को चुनावपछि बामपन्थीहरुको पक्षमा दुई तिहाई बहुमतका साथ सरकार बन्ने तर्फ नागरीकलाई ढुक्क रहन आग्रह गर्दै अध्यक्ष ओलीले देशको स्वाभीमान कसैले पनि तलमाथी पार्न नसक्ने ठोकुवा गर्नुभयो । पहिलेको जस्तो अब ६–६ महिनामा सरकार परिवर्तन हुने चलनको अन्त्य भईसकेको भन्दै ओलीले अब पाच बर्षे स्थिर सरकार हुने र नेपाललाई सार्वभौम सत्ता सम्पन्न, स्वाधिन, समृद्ध र सुखी जनताको देश भएको रुपमा अगाढी बढाउने बताउनुभयो ।
 
उहाले अब देशमा राजनैतिक अधिकार हरु प्राप्त भएको भन्दै ति अधिकारहरुलाई व्यवस्थित गरेर संबिधानमा राखीने र चुनावपछि एमाले र माओवादीबिच हुने एकतालाई कसैले पनि रोक्न नसक्ने दावी गर्नुभयो । ओलीले अब एमाले र माओवादीको नितीहरु हिजोको जस्तो फरक फरक नभई एउटै नितीका साथ अगाडी बढेको बताउदै एमाले र माओवादी केन्द एउटै पार्टी बनाउने बिष्कर्षमा पुगेको बताउनुभयो ।
 
यसैबिच सभालाई सम्बोधन गर्दै  नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले वामपन्थीको नेतृत्वमा नेपाल संसारकै विकसित मुलुक बन्ने दावी गर्नुभएको छ । नेता बादलले अबको २६ वर्षभित्र वामपन्थीकै नेतृत्वमा संसारको विकसित मुलुक भइसक्ने दावी गर्दै  अव नेपालमा पुजीवादी गणतन्त्र नभई समाजवादी गणतन्त्र चाहीएको बताउनुभयो । अहिलेको निर्वाचनमा उठेका बाम पन्थी उम्मेद्धारहरु समाजवादका प्रतिनीधिहरु भएकाले बामपन्थीहरुलाई जिताएमा नेपालमा समाजवादको स्थापना गर्न सकिने बताउनुभयो । 
 
पुजिवादी व्यवस्थाले नेपालको विकास हुन नसक्ने भन्दै नेता बादलले समाजवादी व्यवस्थाका लागि वाम एकता गर्न लागिएको बताउनुभयो । नेता बादलले देश बिकासको लागी सही निती, सिदान्त र नेतृत्व चाहीने र त्यो नेतृत्व भने बाम गठबन्धन भएको बताउदै गठबन्धनको सरकारले जनताका आधारभुत आवस्यकताहरुलाई पुरा गर्ने बिस्वास व्यक्त गर्नुभयो । आयोजित चुनावी जनसभालाई माओवादी केन्द्रका केन्द्रीय कमीटि सचिवादय सदस्य मायाप्रसाद शर्मा (पारसमणी) बाम गठबन्धनका दैलेख क्षेत्र न १ साझा उम्मेद्धार रबिन्द्रराज शर्मा, धर्मराज रेग्ी, अम्मर बहादुर थापा, कर्ण बहादुर बस्नेत  लगाएतका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो ।