लैंगिक हिंसा अन्त्यका लागी सबैभन्दा पहिले आफ्नो घरलाई हिंसामुक्त बनाउँ ।।

img1

खगेन्द्र राना मगर 
दैलेख १६ मंसीर ।
लैंगिक हिंसा अन्त्यका लागी सबैले आ–आफ्नो घरलाई हिंसामुक्त बनाउनु पर्नेमा दैलेखका सरोकारवालाहरुले जोड दिएका छन । कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन (एब्ज्ब्ी) कार्यक्रम, अन्र्तरगत ‘‘सबै जुटौ, कोही नछुटौ” भन्ने नारासहित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानसम्बन्धी जिल्लास्थित प्रमुख सरोकारवालाहरुसंगको रेडीयो परिसंवाद कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन ।
 
परिसंवाद कार्यक्रममा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी विस्वराज न्यौपानेले नेपालमा पुरुषको तुलनामा महिलाहरु बढी लैंगिक हिंसामा पर्ने गरेको तथ्यांक रहेको बताउदै लैंगिक हिंसा न्यूनिकरण गर्नका लागी राज्यले बिभीन्न किसीमका चेतनामुलक कार्यक्रम ल्याउनु आवस्यक रहेको बताउनुभयो । उहाले यस्ता खाले घटना समाप्त पार्नका लागी दण्डात्मक बिधीबाट पनि नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।  ग्रामीण भेगमा अधिकांश महिलाहरु लैंगिक हिंसामा परेको भएपनि खुलेर सम्बन्धीत पक्षलाई जानकारी गराउन नसक्ने जस्ता कमजोरी हरु हाम्रो समाजमा अधmैपनि व्याप्त रहेको भन्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले राज्यका बिभीन्न निकायहरुले जनचेतनामुलक कार्यक्रम ल्याएमा  लैंगिक हिंसारहित समाज निर्माण हुने विस्वास व्यक्त गर्नुभयो ।
 
महिला बिकास अधिकृत अनिता ज्ञवालीले दैलेख जिल्लामा लैंगिक हिंसा  अधिकतम मात्रामा भएको जानकारी गराउदै बढीजसो महिलाहरु सार्वजनीक स्थल र यौनजन्य घटनाहरुमा महिला सिहंसा बढी हुने देखीएको बताउनुभयो ।दउहाले दैलेखमा लैंगिक हिंसाका घटनाहरु नहुन भन्नका लागी महिला तथा बालबालीका कार्यालयले गाउमा गाउमा चेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको जनकारी दिदै अल्पकालीन आश्रय सहितको जिल्ला सेवा केन्द्र सन्चालनमा ल्याईएको बताउनुभयो । ज्ञवालीले  आफुलाई मन नपर्ने व्यवहार अरुलाई पनि गर्न नहुने बताउदै सबैले आ–आफुनो घरलाई सभ्य र हिंसा मुक्त बनाएमा समाज पनि हिंसामुक्त हुने बताउनुभयो ।
 
यस्तै कार्यक्रममा बोल्दै दैलेखका प्रहरी प्रमुख सरोज पौड्यालले जिल्ला प्रहरी कार्यालयमा मा आउने घटनाहरुमध्ये ५० प्रतिशत भन्दा बढी लैंगिक हिंसाकै घटनाहरु आउने गरेको बताउनुभयो । उहाका आर्थीक बर्ष ७४÷७५ मा घरेलु हिंसासम्बन्धी ४८ वटा र सामाजिक हिंसा सम्बन्धी ४७ वटा हिंसाका घटनाहरु दर्ता भएका छन ।  यस्तै प्रहरी प्रमुख पौड्यालले ठाडो उजुरीहरु ९५ र मेलापत्र भएर गएको ५३ वटा रहेको बताउनुभयो । पौड्लले घरेलु हिंसाका घटनाहरु हुनको मुख्य कारण सामाजिक परिबेशमा गरिने मापसे र आर्थीक रुपले सबल नहुनु जस्ता कारण हरु रहेको बताउनुभयो ।
 
अधिबक्ता सुरेन्द्र अधिकारीले दैलेख  जिल्ला अदालतमा पनि २०६६ सालमा घरेलु हिंसा कसुर र सजाए एैन आईसकेपछि मुद्धा मालीलाहरु पनि आउने गरेको र प्रतिबाद्धीहरुलाई सजाय पनि हुने गरेको बताउनुभयो । उहाले लैंगिक हिंसा सम्बन्धमा प्रायाप्त मात्रामा कानुनी व्यवस्था रहेको बताउदै बिगतका एैनहरु भन्दा अहीलेको एैन प्रगतीशिल तथा अग्रगामी रहेको र पिडीतलाई न्याय दिलाउनका लागी स्थानिय तह, जिल्ला अदालत, नजीकैकोे प्रहरी कार्यालय अथवा राष्ट्रिय महिला आयोगमा पनि निवेदन दिन सकिने व्यवस्था रहेको जानकारी गराउदै  घरेलु हिंसाबाट पिडीत महिलाको न्याएको निम्ती कुनैपनि कमी नभएको बताउनुभयो । अधिबक्ता अधिकारीले अन्याएमा परेका व्यक्तीलाई न्याएका निम्ती प्रशस्त मार्गहरु रहेको बताउदै त्यो मार्गलाई पक्रन सक्नुपर्ने र सबैभन्दा पहिला आफुबाटै सुधार गर्नुपर्ने बताउनुभयो । उहाले आफु सबै ठाउमा ठिक हुने हो भने यो समाज ठिक हुने भन्दै सबैले चाहीने कुराको समर्थन र नचाहीने कुराको बिरोध गर्नुपर्ने बताउनुभयो ।
 
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआईडीको को आर्थिक सहयोग, कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन (एब्ज्ब्ी) कार्यक्रम, दिगो कृषि  तथा वातावरण र जलश्रोत संरक्षण केन्द्र (सेवक, दैलेख) को आयोजना तथा ध्रुबतारा एफएमको सहजिकरणमा भएको परिसंवाद कार्यक्रम दैलेखका ३ वटा सामुदायीक रेडीयोहरु रेडीयो धुब्रतारा एफएम, ज्वाला एफएम र दुल्लु एफएम बाट प्रत्यक्ष प्रसारण समेत भएको थियो ।