अव जनता कहिल्यै रुन पर्दैन ः पुर्वगृहमन्त्री बस्नेत ।।

img1

दैलेख १६ मंसीर ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य शक्ति वहादुर वस्नेतले नेपालमा कम्युनिष्टहरुले देश चलाए पछि जनताहरुले कहिल्यै रुन नपर्ने बताउनु भएको छ । वामपन्थिहरुको घोषणापत्रमा वृद्धभक्ता वढाएर पाँच हजार पु¥याउने भनिएकाले कम्युनिष्टको सरकार वनेपछि वृद्धवृद्धाहरु कहिल्यै रुन नपर्ने वस्नेतले बताउनु भयो । पुर्वगृहमन्त्रि समेत रहनु भएका वस्नेतले रेडियो धु्रवतारा एफ.एम.को कार्यक्रम परिस्थीति विषेशमा वोल्दै कम्युनिष्टको सरकार निर्माण भए नेपाली जनताले औषधी उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपर्ने, आर्थिक अभावको कारणले पढ्न पाउने अवसर गुमाउनु नपर्ने, रोजगारीका लागी तेस्रो मुलुक जानु पर्ने अवस्थाको अन्त्य हुने, गरीवी, पछौटेपन लगाएतका समस्याले ग्रसीत भई वाँच्नको लागी जनता रुन नपर्ने वताउनु भयो । वस्नेतले नेपाली कांग्रेसले आफु भन्दा अरुलाई प्रजातन्त्रवादी नदेखेको भन्दै आश्चर्यता प्रर्कट गर्नु भयो ।
यस्तै कार्यक्रममा वोल्दै नेकपा एमाले केन्द्रिय उपाध्यक्ष युवाराज ज्ञावलीले अहिलेको परिपेक्षमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विचार साझा भएको वताउनु भयो । अवको गन्तव्य भनेको दुवै कम्युनिष्ट पार्टिको एउटै भएको बताउनु भयो । नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तिन वटै शक्तिको प्रयासमा राजतन्त्र ढलेको, तिन वटै शक्तिको प्रयासमा संविधान निर्माण भएको र तिन वटै शक्तिको प्रयासमा संविधान कार्यान्वयनको दिशामा अघि वढेको भन्दै ज्ञावलीले नेपालको राजनितिक यहाँ सम्म आईपुग्न वामपन्थिहरुको ठुलो भुमिका रहेको वताउनु भयो ।