दोश्रो चरण अन्र्तरगत ४५ जिल्लामा आज निर्वाचन ।।

img1

दैलेख, २१ मंसीर ,
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आज ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा हुँदैछ । दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरणको मतदान सकिएपछि आजबाटै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ । प्रमुख दलका अधिकांश शीर्ष नेताहरु दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन । 
संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय संसद र सातवटै प्रदेश संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुन लागेको हो । प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन । प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन । जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्यसंख्या फरक छन । दुवै सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान सँगै हुने हो ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पनि सुदृढ रहेको बताउनुभएको छ । देशका विभिन्न भागमा निर्वाचनलाई बाधा र्पुयाउने प्रयत्न स्वरुप केही विष्फोटका घटनाहरु भएपछि सुरक्षा सतर्कता बढाइएको छ । एकाध घटनाहरुबाट नडराई निर्भीकतापूर्वक मतदान गर्न मतदाताहरुलाई आयोग हार्दिक अनुरोध गर्दछ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले भन्नुभयो ‘नेपाल सरकारले सुरक्षाको पूर्ण व्यवस्था गरेकोप्रति आयोग विश्वस्त छ ।’ 
 
प्रतिनिधिसभाको निर्वाचन विगतमा पटकपटक भए पनि संविधानले व्यवस्था गरेको संघीय संरचना अनुसार प्रदेशसभाहरुको निर्वाचन भने मुलुकमा पहिलो पटक हुन लागेको हो । निर्वाचनपछि ७ वटा प्रदेशसमा प्रदेश सरकार समेत गठन हुनेछ । दुईवर्ष अगाडि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको छ । ०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको रहने उल्लेख छ । त्यस अनुसार पुन संरचनापछिको ७ सय ५३ वटा स्थानीय तहमा यसै वर्ष चुनाव सम्पन्न भएर जनप्रतिनिधि बहाल भइसकेका छन । बाँकी दुईवटा तहको चुनाव एकै साथ तर दुई चरणमा भइरहेको छ । 
प्रतनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्रसंख्या पनि संविधान अनुसार नयाँ ढंगले पुनर संरचना गरिएको छ । संविधानसभा निर्वाचनमा २ सय ४० वटा रहेको निर्वाचन क्षेत्र यतिबेला प्रतिनिधिसभाको हकमा घटाएर १ सय ६५ बनाइएको छ । संविधान अनुसार प्रतिनिधिसभाको क्षेत्रसंख्याको दोब्बर प्रदेशसभा क्षेत्र छन । निर्वाचन क्षेत्र निर्धारण आयोगले गत भदौमा संविधानले तोकेको संख्या अनुसार प्रतिनिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्रको सीमा निर्धारण गरेको थियो । प्रमुख आयुक्त यादवले संविधान कार्यान्वयनको पहिलो खुडकिलोको रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र त्यही क्रममा बाँकी दुई तहको निर्वाचन हुन लागिरहेकाले आममतदातालाई आफ्नो अधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । ‘नेपाली जनतामा निहित नोपालको सार्वभौमसत्ता र राजकीयसत्ताको अधिकारको प्रयोग मतपत्रको माध्यमबाट गर्नुहोस, अब यस्तो मतदानको अवसर पाँच वर्षपछि मात्रै आउनेछ,’ उहाले भन्नुभयो । ‘तपाईले रोजेको उम्मेदवार र मनपराएका राजनीतिक दललाई मतदान गर्न समय छुट्याएर सहभागी हुनहोस ।’ उहाले यस निर्वाचनबाट संविधान कार्यान्वयन भइ संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर संक्रमणकालको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । 
०६४ र ०७० मा भएका दुईवटा संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभा सदस्यहरुले नै व्यववस्थापिका संसद सदस्यका रुपमा भूमिका खेलेका थिए । त्यसअघि ०४६ सालमा प्रजातन्त्र पुनस् स्थापना यता ०४८, ०५१ र ०५६ मा २ सय ५ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्थे । वि।स २०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन भएयता संसदीय निर्वाचन भएको थिएन । ०५९ साल जेठ ८ गते तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरी कात्तिक २७ गते निर्वाचनको मिति घोषणा गर्नुभएको थियो । तर, संसद विघटनको मौका छोपेर तात्कालिन राजा ज्ञानेन्द्र शाहले त्यही वर्ष असोज १८ गते साशन सत्ता आफ्नो हातमा लिएपछि चुनाव हुन सकेन । राजाको कदमविरुद्ध आन्दोलनरत ७ राजनीतिक दल र सशस्त्रयुद्ध गरिरहेका माओवादीबीच ०६२ साल मसिंरमा भएको १२ बुँदे सहमतिको जगमा भएको जनआन्दोलने ०६३ साल बैशाख ११ गते विघटित प्रतिनिधिसभाको पुनस् स्थापना भएको थियो । तात्कालिन राजा ज्ञानेन्द्रले साशकीय अधिकार जनतामा फिर्ता मात्रै गरेनन । पदच्यूत भए । मुलुकमा गणतन्त्र आयो ।  
१० वर्षे सशस्त्र द्वन्द्व त्यागेर माओवादी शान्ति प्रक्रियामा आयो । ०६४ सालमा भएको संविधानसभा निर्वाचनबाट गठित संविधानसभाले संविधान बनाउन नसकेपछि  र ०७०सालमा पुनस् संविधानसभा निर्वाचन भएको थियो । त्यसैले बनाएको संविधान अनुसार यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक साशन व्यवस्थामा प्रवेश गरेको छ । 
 
दैलेखमा निर्वाचनको सम्पुर्ण तैयारी पुराः निर्धक्क भएर मतादान गर्न आम मतदाताहरुलाई आग्रह ।।  
 
आज हुने प्रदेश र प्रतिनीधि सभाको दोश्रो चरणको निर्वाचनका लागी दैलेखमा पनि सम्पुर्ण तैयारी पुरा भईसकेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ । दोश्रो चरणमा आज निर्वाचन हुन लागेका दैलेख लगाएत ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र हिजो सम्ममा नै वितरण गरिसकिएको छ । चनावका लागी दैलेखका सबै मतादान केन्द्रहरुमा आवस्यक सबै सामाग्रीहरु पुगीसकेको र निर्वाचनको सम्पुर्ण तैयारी पुरा भएको दैलेखका जिल्ला निर्वाचन अधिकारी भक्त बहादुर कार्कीले बताउनुभयो । 
दैलेखमा अहिलेम्म शान्तीपुर्ण वातावरण रहेको बताउदै मुख्य निर्वाचन अधिकृत सनतचन्द लवटले आम मतदाताहरुलाई सुरक्षा व्यवस्था पनि मजबुद्ध पारिएको बताउदै ढुक्क भएर निर्बाध रुपलेआफुले रुचाएका उम्मेद्धारहरुलाई मतदान गर्न अपील गर्नुभएको छ । देशभरका बिभीन्न ठाउमा पहिलो चरणको निर्वाचनको क्रममा र दोश्रो चरणको निर्वाचन अगाडी भएका चुनावी प्रचारप्रसारका क्रममा बिभीन्न किसीमका बम बिष्फोट, आक्रमण जस्ता निन्दनीय घटनाहरु भईरहदा दैलेखमा पनि त्यसो नहोस भन्नका लागी नागरीकको शान्ती सुरक्षाको लागी आवस्यक सम्पुर्ण व्यवस्था गरिएकाले नागरीकलाई निभर्यपुर्वक मतादान गर्न पनि प्रमुख जिल्ला अधीकारी बिस्वराज न्यौपानेले आग्रह गर्नुभएको छ ।
११ स्थानीय तह रहेको दैलेखमा जिल्ला सुरक्षा समितिले आंसन्न संघ र प्रदेशको चुनावमा ५ स्थानीय तहलाई अति सुरक्षा संवेदनशितामा राखेको छ । सुरक्षा संवेदनशिलतामा रहेका स्थानीय तहहरुमा गुँरास, नौमुले, ठाँटीकाध गाउँपालिका र आठविस, चामुण्डाविन्द्रासैनी र दुल्लु नगरपालिकालाई राखीएको छ । ती गाँउ तथा नगरपालिका भौगलिक रुपमा विकट हुनुका साथै विप्लव कार्यकर्ता रहेको क्षेत्र मानिन्छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले सुरक्षा संवेदनशिलता हरेर मतदातादेखी कर्मचारीसम्मलाई सुरक्षा प्रत्याभुती हुने गरि मिलाएको बताउनुभयो  ।
जनसंख्या र विकास पूर्वाधारका हिसावले प्रदेश नम्बर –६ को दोश्रो ठूलो जिल्ला दैलेखमा आज हुने चुनावमा मतदान गराउन सम्वद्ध निकायले सम्पुर्ण तयारी पुरा गरेका छन । प्रतिनिधिसभा सदस्य चुनावका लागि दुई र प्रदेशसभा सदस्य चुनावका लागि चारजना गरी ६ जना सांसद चुन्न दैलेखका ४ नगरपालिका र ७ गाउँपालिकामा रहेका कुल १ लाख ३९ हजार ९ सय ४४ जना मतदाता मतदान सहभागी हुनेछन ।
 
तीनवटा मतपत्र, चार स्थानमा मतदान 
 
दुईवटा निर्वाचन प्रणालीबाट एकैसाथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेकाले मतदाताको हातमा तीनवटा मतपत्र पर्नेछ । एकजना मतदाताले तीनवटा मतपत्र मार्फत ४ ठाउँमा मतदान गर्नुपर्ने छ । यसअघि दुईवटा संविधानसभा निर्वाचनमा दुईवटा मतपत्रको अभ्यास गरिएको थियो । तीनवटा मतपत्रको अभ्यास पहिलो पटक हो ।  प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ अलग अलग पानामा मतपत्र बनाइएका छन । भने समानुपातिक निर्वाचन प्रणाली तर्फ एउटै पानामा दुईवटै सभाको मतपत्र रहेको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रंगको मसिले चिन्ह छापिएका मतपत्र, प्रदेशसभाका लागि कालो मसीले चिन्ह छापिएको मतपत्र हुनेछ । समानुपातिकतर्फ हल्का रातो मसिले छापिएको एउटै पानामा माथिल्लो भागमा मतपत्र १ प्रतिनिधिसभा तर्फ र तल्लो भागमा मतपत्र २ प्रदेशसभामा भाग लिएका दलहरको निर्वाचन चिन्ह रहने छ । प्रत्यक्षतर्फ दुवै सभामा १÷१ र समानुपातिक तर्फ एउटै पानाको मतपत्रमा तलमाथि आफूले चाहेको दललाई मतदान गर्न पाउने छन । मतदान केन्द्रमा पुगेका मतदाताले सुरुमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको त्यसपछि प्रदेशसभाको र अन्त्यमा समानुपातिक तर्फको मतपत्र पाउने छन । क्रमश स्वस्तिक चिन्ह लगाउँदै फरक फरक मतपेटिकामा मत खसाल्नुपर्ने व्यवस्था मिलाइएको छ । 
 
परिचयपत्र नभए विकल्प
 
आयोगले विगतमा गरिएको अभ्यास जस्तै मतदाता नामावलीमा नाम भएको तर कुनै कारणले मतदाता परिचयपत्र नभएका मतदाताका लागि वैकल्पिक व्यवस्था मिलाएको छ । त्यस्ता व्यक्तिले फोटो सहितको सरकारी निकायबाट जारी अन्य परिचयपत्रबाट मतदान गर्न पाउने छन । प्रमुख निर्वाचन आयुक्त यादवले नाम ढाँटेर अर्काको नाममा मतदान गरेमा कानून बमोजिम सजाय हुने बताउनुभयो  । 
 
मतदान सकिएपछि गणना 
 
आयोगले आज साँझ मतदान सकिएलगत्तै पहिलो र दोस्रो चरणका दुवै निर्वाचनको मतगणना प्रारम्भ हुने जनाएको छ । आयोगका प्रवक्ता सह सचिव नवराज ढकालले मतदानस्थल र गणकहरुको छनौट भइसकेको बताउनुभयो  । ‘पहिलो चरणको गणना तत्कालै प्रारम्भ हुनेछ । दोस्रो चरणको भने गणनास्थलमा मतपेटिका संकलन भए लगत्तै,’ उहाले भन्नुभयो ‘मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले सर्वदलीय बैठक गरी गणनाका लागि आवश्यक सहमति जुटाई प्रारम्भ गर्न सक्नेछन ।’ सबैतिरको गणना सदरमुकाममा निर्धारण गरिएका स्थलमा मात्रै हुनेछ । मतपेटिका संकलनमा समय लाग्ने भएकाले दोस्रो चरणका धेरै स्थानको गणना भोलीबाट मात्रै प्रारम्भ हुनसक्छ । तर, सदरमुकाम आसपास र सुगम स्थानका निर्वाचन क्षेत्रहरुको गणना बिहीबार रातिबाटै सुरु हुने प्रवक्ता ढकालले बताउनुभयो  । 
आयोगले आवश्यक स्थानको व्यवस्था गरी प्रतिनिधिसभाको प्रत्यक्ष, प्रदेशसभाको प्रत्यक्ष र दुवैसभाको समानुपातिकको मतगणना एकैसाथ सुरु गर्न सकिने निर्देश गरेको छ ।  तर, स्थान र गणकको अभाव भए पहिले प्रत्यक्ष तर्फको र त्सपछि मात्रै समानुपातिकको गणना थाल्न आयोगले भनेको छ । प्रत्यक्ष तर्फ पनि एकैसाथ दुवैसभाको गणना थाल्न नसकिए पहिले प्रतिनिधिसभाको गनिनुपर्ने आयोगले निर्देश गरेको छ । आयोगले प्रत्यक्ष तर्फ दुवैसभाको ४ दिन र समानुपातिकको गणना ८ दिनभित्र सकि सक्ने लक्ष्य राखेको छ ।