दैलेखमा मतादान शान्तीपुर्ण रुपमा सम्पन्न, ६० प्रतिसत मत खस्यो ।।

img1

दैलेख २१ मंसीर ।
दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्र्तरगत दैलेखका ११ वटै स्थानीय निकायहरुमा शान्तीपुर्ण रुपमा मतादान सम्पन्न भएको छ । ११ वटा स्थानीय निकाय रहेको दैलेखमा तोकीएका कुल १ सय १९६ वटै मतदान स्थलहरुमा छिटपुट रुपमा सामान्य खालका घटनाबाहेक शान्तपुर्ण रुपमा नै मतादान कार्य सम्पन्न भएको दैलेखका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो । उहाका अनुसार ४ नगरपालिका र ७ गाउँपालिकामाका गरी कुल १ लाख ३९ हजार ९ सय ४४ जना मतदाता रहेको दैलेखमा आज भएको निर्वाचनमा ६० प्रतिशत मत खसेको जनाईएको छ । सबै मतादान केन्द्रहरुमा मतादान कार्य सम्पन्न भईसकेपछि अहिले मतपेटीका सिलबन्दी गर्ने कार्य भैरहेको र आज नै सबै तहका मतपेटीकाहरु सदरमुुकाम दैलेखमा ल्याउने तैयारी भैरहेको पनि मुख्य निर्वाभन अधिकृत लवटले जानकारी दिनुभयो  ।  प्रदेश र प्रतिनीधी सभाको दोश्रो चरणको निर्वाचन अन्र्तरगत आज मतादान सम्पन्न भई मतपेटीका सदरमुकाम ल्याईसकेपछि सबै राजनैतिक दलहरु र बिभीन्न सरोकारवालाहरुबिच बैठक बस्ने र सहमती अनुसार मतगणना सूरु गरीने छ । 
यसैबिच  गएको बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको तुलनामा भने यसपटकको निर्वाचनमा नागरीकको उत्साहामा कमी आएको छ ।  स्थानीय तहको निर्वाचनमा देखीएको नागरीकहरुको उपस्थिीती र प्रदेश तथा प्रतिनीधि सभाको आज भएको निर्वाचनमा देखीएको उपस्थिीतीमा यसपालीको चुनावमा मतदाताको उपस्थिीति न्युन मात्रामा पाईएको बिभीन्न स्थानबाट हाम्रा सहकमीहरुले जनाएका छन ।  प्रदेश र प्रतिनीधि सभाको निर्वानमा मतदाता शिक्षा प्रभाबकारी नभएको र कतीपय ग्रामीण क्षेत्रहरुमा भने मतदाता शिक्षा दिन कोही पनि नजादा बदर हुने मतको सङ्ख्या बढ्न सक्ने आकलन गरिएको छ ।  जनसंख्या र विकास पूर्वाधारका हिसावले प्रदेश नम्बर –६ को दोश्रो ठूलो जिल्ला  मानीएको दैलेखमा आज भएको निर्वाचनबाट  प्रतिनिधिसभा सदस्यमा दुई र प्रदेशसभा सदस्यमा चारजना गरी ६ जना सांसद चुनीने छन ।