दैलेखमा ६६.४७ प्रतिसत मत खस्यो, अबको केही समयमा नै सर्वदलीय बैठक बसी मतगणना सूरु गरिने ।।

img1

 
दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्र्तरगत दैलेखका ११ वटै स्थानीय निकायहरुमा शान्तीपुर्ण रुपमा हिजो मतदान सम्पन्न भएको छ ।  ११ वटा स्थानीय निकाय रहेको दैलेखमा तोकीएका कुल १ सय १९६ वटै मतदान स्थलहरुमा छिटपुट रुपमा सामान्य खालका घटनाबाहेक शान्तपुर्ण रुपमा नै मतादान कार्य सम्पन्न भएको दैलेखका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो । 
उहाका अनुसार ४ नगरपालिका र ७ गाउँपालिकामाका गरी कुल १ लाख ३९ हजार ९ सय ४४ जना मतदाता रहेको दैलेखमा आज भएको निर्वाचनमा ६६.४७ प्रतिशत मत खसेको जनाईएको छ । 
खसेको ९३ हजार २३ मत मध्ये ५२ हजार ८ सय २५ मत महिला तर्फ र ४० हजार १ सय ९८ पूरुष गरी कुल ९३ हजार २३ मत खसेको हो । अहिले जल्लाका सबै मतदान केन्द्रहरुको मतपेटीका सदरमुकाममा संकलन कार्य भैसकेको र अब दलहरुबिच बैठक बस्ने तैयारी भैरहेको छ । सर्बदलीय बैठक पछि सहमतीअनुसार आज नै मध्यान्हदेखी मतगणना सूरु गरिने मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभएको छ ।